नेपालमा ब्यापार थालेको एकबर्ष भएको खुसीयालीमा कुलप्याडले ‘कुल प्ले ६’ नामक गेमिङ्ग फोन बजारमा ल्याएको छ।
६ जी.बी. र्याम भएको यो फोनमा गेम खेल्न उपयुक्त हुने कुल प्याडले जनाएको छ।
यो फोनमा १.४ गिगाहर्ज अक्टाकोर क्वालकम स्न्यापड्रागन ६५३ प्रोसेसर विथ एड्रिनो ५१० जी.पी.यु छ साथै ४००० एम.ए.एच व्याट्रि व्याकप रहेको छ।
‘कुल प्ले ६’ ५.५ इन्च आई.पी.एस फुल एच.डि डिस्प्ले भएको फोन हो। यसको १३–१३ मेगापिक्सेल क्यामराले उत्कृष्ट फोटो लिन मद्धत गर्छ।
‘कुल प्ले ६’ ऐन्ड्रोइिड नोगट ७.१.१ अपरेटिङ्ग सिस्टम लिएर बजारमा आएको छ। कुलप्याडले ऐन्ड्रोइिड ओरियो ८.० पनि चाँडै आउने बताएको छ।
कुलप्याडको ‘कुल प्ले ६’ नेपाली बजारमा कालो र गोल्ड कलरमा उपलब्ध छ।