फेसबुकले डाउनभोट नामक नयाँ फिचर ल्याउन लागेको छ।
यसका लागि फेसबुकले अमेरिकामा प्रशिक्षण गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
यद्यपी यो फिचर लामो समयदेखि चर्चामा रहेको ‘डिस्लाइक’ फिचर भने नभएको फेसबुकले स्पष्ट पारेको छ।
प्रयोगकर्ताले कुनै पोष्ट तथा कमेन्ट समाजिक सद्धभाव विपरित, भ्रामक वा असान्र्दभिक लागेमा डाउनभोट फिचर प्रयोग गर्न सक्छन्।
फेसबुकले डाउनभोट फिचरमार्फत समाजका सद्धभाव विपरितका कमेन्ट तथा भ्रम फैलाउने खालका पोष्टहरुलाई ‘ट्र्याक’ गर्न सघाउ पुर्याउने विश्वास राखेको जनाएको छ।