चिनियाँ फोन निर्माता कम्पनी सायोमीको आधिकारिक वितरक वत्सल इम्पेक्सले रेडमी सिरिज अन्तर्गतको रेडमी ५ प्लस बजार ल्याएको छ।
रेडमीको यस फोनमा ५.९ इन्चको फुलएचडी डिस्प्ले, स्नापड्रागन ६२५ तथा एड्रेनो ५०६ को प्रोसेसर समावेश छ।
फोन ३ जीबी र्याम तथा ३२ जीबीको इन्टरल स्टोरेज क्षमतामा उपलब्ध छ।
अपेरच एफ÷२.२ को लेन्ससहित पछाडितर्फ १२ मेगापिक्सेल क्यामेरा भएको फोनमा सेल्फीका लागि भने ५ मेगापिक्सेलको क्यामेरा दिइएको छ।
फोनले फिंगरप्रिन्ट सेन्सर, दुई वटा सिम तथा फोरजी नेटवर्क सर्पोट गर्छ।
४ हजार एमएएच पावर क्षमताको ब्याट्री भएको यसको मूल्य २३ हजार ४९९ निर्धारण गरिएको कम्पनीले जनाएको छ।