सेतोपाटी संवाददाता
काठमाडौं, माघ २९
विज्ञान,प्रविधि,कला र इन्जिनियरिङमा प्रतिभा उजागर गर्ने उद्देश्यसहित भविष्य स्टिम च्यालेन्ज हुने भएको छ। फागुन २ गते काठमाडौंको भृकुटीमण्डपमा हुने छ।
निम्न माध्यामिक स्तरका विद्यार्थीहरु सहभागी हुने उक्त च्यालेन्जमा चार घण्टाको समयमा विद्यार्थीहरुले विज्ञान,प्रविधि,कला र इन्जिनियरिङ क्षेत्रमा इनोभेटिभ आइडिया प्रस्तुत गर्नुपर्ने आयोजक मध्येको एक कारखानाका सहसंस्थापक पवित्रा गौतमले जानकारी दिखए।
विज्ञान तथा प्रविधि मन्त्रालय,नेपाली सेना,नेपाल विज्ञान र प्रविधि प्रतिष्ठान,नबील संस्थान,कारखाना, किंग्स कलेज,नेपाल इन्नोभेसन ल्याब,डिवी डन स्कुल,रोबोटिक्स अस्सोसियेसन अफ नेपाल
र संयुक्त राष्ट्र संघिय विकास कार्यक्रमको सयुक्त आयोजनामा उक्त कार्यक्रम हुने गौतमले जानकारी दिए।
उक्त च्यालेन्जमा काठमाडौं उपत्यका र काभ्रेका ११० भन्दा धेरै विद्यालयबाट १८० प्रतियोगी टोलीहरु सहभागी हुने छन्। जसमा ७२० भन्दा धेरै विद्यार्थी सहभागी हुने छन्ु।
१० भन्दा बढी विधामा ७० जना विद्यार्थी पुरस्कृत हुने गौतमले जानकारी दिए।