ओप्पोले प्रेम दिवसको अवसर पारेर एफ फाइभलाई निलो रङ्गको सीमित एडिसन सार्वजनिक गरेको छ। निलो रंगले प्रेमको पवित्रतालाई प्रतिनिधि गर्ने भन्दै कम्पनीले सो एडिसन ल्याएकाे जानकारी दिएकाे छ।
फोनको पछिल्लो भागमा टल्किने प्यानलको प्रयोग गरिएको छ। फोनमा १८ः९ एस्पेक्ट रेसियो र २.५ डी कर्भ्ड ग्लास सहितको ६ ईञ्चको फुलएचडी डिस्प्ले छ।
यसमा कलर ओएस ३।२ प्रोसेसर, एण्ड्रोइड् ७.१.१ नोगट भर्सन तथा ३ हजार २ सय एमएएच पावरको ब्याट्री छ। कम्पनीले यस एडिशन ४ वा ६ जीबी र्याम तथा ३२ वा ६४ जीबी इन्टरनल स्टोरेजमा उपलब्ध हुनेबारेमा खुलाएको छैन।
फोनमा २० मेगापिक्सेको सेल्फी तथा १६ मेगापिक्सेल क्षमताको पछाडिको क्यामेरा दिइएको छ।
क्यामेरामा एआई ब्यूटी रिकग्निसन प्रविधिको समेत प्रयोग गरिएको छ। यो प्रविधिले सेल्फीमा रहेका विषयका लागि विशेष ब्यक्तिगत तवरमा ब्यूटिफिकेशन उपलब्ध गराउँछ।