सामसङले हालै बन्डलिङ्ग अफर अन्तर्गत ग्यालेक्सी ‘नोट एट’ स्मार्टफोनको खरिदमा ग्राहकले सामसङको बटल स्पिकर, टुटफुट भएमा बिमाको सुविधा तथा एनसेलसँगको सहकार्यमा १६ जिबीको फोरजी डाटा सुविधा उपलब्ध गराएको छ।
फोरजी डाटा प्रति महिना २ जिबीका दरले ८ महिनासम्म ग्राहकलाई निरन्तर प्रदान गरिने कम्पनीले जनाएको छ। यसका साथै विभिन्न साझेदार बैंकहरुबाट सहज किस्ताबन्दीको सुविधा पनि मिलाइएको जनाएको छ।
फोनमा भएको इन्फिनिटी डिस्प्ले, सुधारिएको एस पेन र डुअल क्यामराले फोनलाई उत्कृष्ट बनाएको कम्पनीले बताएको छ।
यसमा भएको डुअल क्यामराको साथ अप्टिक इमेज स्टब्लाइजेसन (ओआइएस)ले प्रतिकुल अवस्थामा समेत जीवन्त एवम् सशक्त फोटो खिच्न सक्ने सामसङको दाबी छ।
फोनको बजार मुल्य १ लाख २ हजार ९ सय ९० रुपैयाँ रहेको छ।