मार्केट रिसर्च फर्म ईन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी)को रिपोर्टमा ओपो दाश्रो भएको छ।
२०१७मा यसको निर्यात २९ प्रतिशतले बृद्धिदर कायम भएकाले बार्षिक स्मार्टफोन शिपमेन्ट्सका आधारमा ओपोले दोस्रो स्थान सुनिश्चित गरेको हो।
‘क्वाटर्ली मोबाइल फोन ट्र्याकर’मा ईन्डोनेसिया, मलेसिया, म्यानमार, फिलिपिन्स, थाइल्याण्ड र भियतनाम लगायत बजारहरु समावेस गरिएका थिए।
ओप्पोले युवा उपभोक्ताको चाहना अनुरुपका डिजाइनमा उत्पादन उपलब्ध गराएको कारण यसले यस क्षेत्रमा लोकप्रियता पाएको जनाएको छ।
बिगतमा जस्तै भविष्यमा कम्पनीले आफ्ना नयाँ उत्पादनबाट प्रयोगकर्ताको मन जित्ने योजना बनाएको बताएको छ।