वनप्लसले आफ्नो सबै एन्ड्रोइड भर्सनको फोन ओरियो सिस्टममा अपग्रेड गर्न मिल्ने सुविधा ल्याएको छ।
कम्पनीले वनप्लस ५टी, वनप्लस ५, वनप्लस ३टी र वनप्लस ३ मा अपग्रेडको सुविधा दिएको हो।
वनप्लसले ३टी र वनप्लस ५ मा फेसअनलकको सुविधा समेत रहेको कम्पनीले जनाएको छ।।
फेसअन्लकमा १०० भन्दा धेरै फिचरको सहयाताले वनप्लस ५ र वनप्लस ३टी खोल्न सकिने छ जसका लागि सेल्फी क्यामेराको प्रयोग हुन्छ।
यस फेसअन्लक सिस्टम मार्फत ०.०७ सेकेन्डमै फोन अनलक हुने बताइएको छ। वनप्लसको यो फिचर बजारमा उपलब्ध सबै फोनभन्दा फास्ट भएको कम्पनीको दाबी छ।
वनप्लस कष्टुमर अपरेटिङ सिस्टम ‘अक्सिजन’ को डिजाइन सुविधा र अनुकुलता सहित परिमार्जन गरिएकाले प्रयोगकर्ताले भिन्न अनुभव गर्ने कम्प्नीले दाबी गरेको छ।