सामसङले एस नाइन र एस नाइन प्लस सार्वजनिक गरेको छ।
एस नाइनमा ५.८ इन्चको सुपर एमोलेड स्क्रिनका साथ आएको छ। फोनमा एन्ड्रोइड् ओरियोको अपरेटिङ सिस्टम, स्नापड्रागन ८४५ प्रयोग गरिएको छ।
फोनमा ३ हजार एमएच पावर क्षमताको ब्याट्री समावेश गरिएको छ। फोनमा फास्ट चार्जिङ सिस्टम समेत दिइएको छ।
फोनको पछाडितर्फ एफ/१.५ र एफ/२.४ पिक्सेल अपेचरसहित १२ मेगापिक्सेलको क्यामरा छन्। यसमा सेल्फीका लागि एफ/१.७ अपेचर लेन्स सहितको ८ मेगापिक्सेलको क्यामरा दिइएको छ।
पानी र धुलो प्रतिरोधात्मक यो फोन ४ जीबी र्याम तथा ६४ जीबीको इन्टरनल स्टोरज भेरियन्टमा उपलब्ध हुनेछ।
यस फोन कालो रंगमा उपलब्ध रहेको छ।
एस नाइन प्लसको डिस्प्ले साइज एस नाइनको भन्दा ठूलो रहेको छ। फोनमा ६.२ इन्चको स्क्रिन छ।
फोनमा ६ जिबी र्याम छ भने ६४ जीबीको इन्टरनल स्टोरजमा बजारमा उपलब्ध हुनेछ।
यसबाहेक फोनको पछाडि एफ/१.५ अपेचर लेन्सको १२ मेगापिक्सेल र एफ/२.४ अपेचर लेन्सको १२ मेगापिक्सेल गरी दुई वटा क्यामरा छन्।
फोनमा ८ मेगापिक्सेलको सेल्फी क्यामरा दिइएको छ। यसमा एन्ड्रोइड ओरियोको अपरेटिङ सिस्टम र स्नापड्रागन ८४५ समावेश गरिएको छ। यसका साथै फोन पानी र धुलो प्रतिरोधात्मक छ।
फास्ट चार्जिङको सुविधासहित फोनमा ३ हजार ५ सय एमएएच पावर क्षमताको ब्याट्री प्रयोग गरिएको छ।
यो फोन बजारमा कालो, निलो र पर्पल गरी तीन वटा रंग भेरियन्टमा उपलब्ध हुनेछ।
दुबै फोनमा इमेज, भिडियो तथा इमोजीहरु शेयर गर्न सामसङले विशेष प्रविधिको प्रयोग गरेको छ।
यसमा सुपर स्लोमो भिडियो खिच्न सकिने सुविधा तथा पर्सनलाईज्ड एआर इमोजीस तथा डल्बी एटमोसको साथ एकेजीद्वारा सुसज्जित गरिएको स्टेरियो स्पिकर रहेको छ।
क्यामराफोनको क्यामराले डायनामिक स्लो मोशनमा भिडियो खिच्न सकिन्छ। यसले प्रति सेकेन्ड ९६० फ्रेम क्याप्चर गर्छ। यसमा अटोमेटिक मोशन डिटेक्टर सुविधा पनि रहेको छ जसले हलचललाई सहजै यकिन गरी भिडियो रेकर्ड गर्छ।
यसमा भएको ३५ विभिन्न अप्सनको प्रयोग गरी आफूलाई चाहिएको जस्तै भिडियो निर्माण गर्न सकिन्छ। साउन्ड राख्ने, आफूलाई मन पर्ने ट्युनमा व्याकग्राउन्ड म्युजिक राख्न सकिने जस्ता विशेष सुविधाहरु रहेका छन्। फोनमा भएको सुविधा प्रयोग गरी एक क्लिकका भरमा जिआइएफ फाइल सजिलै बनाई शेयर गर्न सकिन्छ।
लो–लाईट क्यामराः यी फोनमा डुअल अपेचर मोबाइलमा भएको हुँदा ज्यादा उज्यालोको अवस्थामा या न्यून उज्यालोको अवस्थामा पनि स्वतः सफा एवं चुस्त फोटो खिच्न सकिन्छ।
एआर इमोजीः समासङमा भएको यो सुविधाबाट प्रयोगकर्ताले आफुजस्तै इमोजी तयार गर्न सक्नेछन् भने त्यसमा सोही अनुसार साउन्ड अनुकरण गरी राख्न पनि मिल्ने सिस्टम रहेको छ। यस्तो इमोजीलाई शेयर गर्न, भिडियो बनाउन, विभिन्न स्टिकरको रुपमा प्रयोग गर्न पनि सकिन्छ।
बिक्सबीः सामसङको इन्टलिजेन्स प्लाटफर्म बिक्सबीको माध्यमबाट प्रयोगकर्ताले सहजै रुपमा आफ्नो वरिपरिभएका विभिन्न जानकारी प्राप्त गर्न सक्नेछन्।
रियल टाइम अब्जेक्ट डिटेक्शन तथा रिकग्निसनको साथ विक्सबीले तुरुन्तै तस्वीरको जानकारी दिन्छ। यूजर लाइभ ट्रान्सलेसनको माध्यमबाट विभिन्न भाषाको तथा विदेशी विनिमयदरको जानकारी पनि उपलब्ध गराउँछ।
मूल्य तथा अफरएस नाइनको मूल्य ८७ हजार ९०० तथा एस नाइन प्लसको ९९ हजार ९०० राखिएको छ।
यी दुबै सेटको प्रि–बुकिङ्ग यही मार्च महिनाको १२ तारिख देखि
www.S9prebooking.com वेभसाइटमा गई गर्न सकिने व्यवस्था कम्पनीले मिलाएको छ।
यी स्मार्टफोन यही मार्च २३, २०१८ बाट नेपालमा उपलब्ध हुने छन् ।
यसबाहेक ग्राहकले प्रति हप्ता १००० एमबीका साथ १२ हप्तासम्म कूल १२००० एमबीको डाटा एनसेलको तर्फबाट निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
त्यस्तै शिखर इन्सुरेन्सको मार्फत् एक वर्ष भित्र सेट टुटफुट भएको अवस्थामा बिमा दावी गर्न सकिने व्यवस्था पनि मिलाइएको छ।
यसका अतिरिक्त प्रिबुकिङ्ग गर्नेे ग्राहकले वायरलेस चार्जर वा ५००० रुपैयाँको छुट कुपन प्राप्त गरी सोही रकम बराबरको सामसङ मोबाइलका एक्सोसरिज वा सामसङको स्मार्ट फोन खरिदमा डिस्काउन्ट लिन सक्ने कम्पनीले बताएको छ।