हुवावेले ‘नोभा टुआई’ स्मार्टफोन नेपालमा लन्च भएको चार महिना मैं ५० हजार युनिट विक्री गर्न सफल भएको दाबी गरेको छ।
कम्पनीका अनुसार हुवावे ‘नोभा टुआई’ २०१७ नोभेम्बर महिनामा सार्वजनीक भएको थियो।
यो फोन रुचाइनुका पछाडी फोटोग्राफी र शानदार फुलभ्यु डिस्प्ले रहेको कम्पनीले जिकिर गरेको छ।
हुवावेका अनुसार डुअल क्यामरा, ब्लर ब्याकग्राउण्डका साथ यसले बोके इफेक्ट दिने र उत्कृष्ट सेल्फीका लागि यसमा स्मार्ट सेल्फी टोनिङ फ्ल्यास पनि रहेको छ।
कम्पनीले यो नेपालको एक मात्र यस्तो स्मार्टफोन भएको बताएको छ जसमा ४ वटा क्यामराको साथ स्लीम बेजेल डिस्प्ले प्रयोग गरीएकोे छ। यो फोनमा २ वटा क्यामेरा जडान भएको छ यसमा अगाडि (१३ र२मेगापिक्सेल) र पछाडि (१६र२ मेगापिक्सेल) रहेको छ। यो मिड–रेन्ज विधामा सर्वाधिक बिक्री हुने स्मार्टफोन बनेको कम्पनीले दाबी गरेको छ।
कम्पनीका अनुसार यस फोनमा ५.९ इन्चको फुल एच्डि प्लस डिस्प्ले रहेको र यो फोनमा मेटल फिनिस बडिले प्रिमियम लुक दिएको छ।
यसको १८ः९ आस्पेक्ट रेसियो डिस्प्लेले यसलाई हाईएन्डको स्मार्टफोन जस्तै बनाएको छ। कम्पनजीले यो फोन हेर्दा आकर्षक हुनुको साथै ६४ जिबि इन्टरनल स्टोरेजका साथ ४ जिबि र्याम, फिङ्गर सेन्सर, एण्ड्रोईड ७.० अपरेटिङ् सिस्टम, हाईब्रीड सिम जस्तो पावरफुल विशेषताहरुले भरिपूर्ण रहेको बताएको छ।
यस फोनमा क्यामरा फोकस गर्न मिल्ने फिचर, वाइड एपेचर मोड, अटो र म्यानुअल फोकस फिचर जस्ता ‘डिएसएलआर’ क्यामरामा हुने अत्याधुनिक सेटिङहरु समेत समावेश गरिएको कम्पनीले जनाएको छ।
नोभा टुआइमा लामो समय सम्म टिक्ने ब्याट्री, उत्कृष्ट गुणस्तर र सुपथ मूल्य रहेकाले ५० हजार युनिट बिक्री गर्न सफल भएको कम्पनीको दाबी छ।