हालै फोर जी सेवा सुरु गरेको स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउन भक्तपुरको सूर्यविनायक स्थित आरएन भवनमा स्मार्ट सेन्टरको प्रारम्भ गरेको छ।
यस स्मार्ट सेन्टरबाट उपभोक्तालाई प्रभावकारी सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ। सेन्टरबाट भक्तपुर तथा आसपासका ग्राहकका आवश्यकता एवं जिज्ञाशालाई सहज एवं सुलभ तरिकाबाट समाधान गरिने जनाएको छ।
स्मार्ट सेलको नयाँ सेन्टरको उद्घाटन कम्पनीका अध्यक्ष सर्वेस जोशीले गरेका थिए। ग्राहकको लागि सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्य नै यस सेन्टरको रहेको कुरा उनले बताए ।
यस अघि स्मार्ट सेलले कुमारी पाटी तथा पुतली सडकमा पनि आफ्नो सेन्टरको स्थापना गरिसकेको छ। यसका साथै नेपालका अन्य प्रमुख सहरहरुमा पनि स्मार्ट सेन्टर स्थापना गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
स्मार्ट सेलले बिगत एक दशक देखि नेपालका दुर्गम क्षेत्रहरुमा सेवा प्रदान गर्दै आएको छ। यसले २०१३ मा एकीकृत प्राप्त गरेको कम्पनीले जनाएको छ ।