सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले आफ्नो सेल्फी एक्स्पर्ट सिरिजमा आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सुविधा सहितको नयाँ स्मार्टफोन एफसेभेन सार्वजनिक गर्ने भएको छ।
यस नयाँ फोनमा रियल टाइम हाई डायनामिक रेञ्ज (एचडीआर) प्रविधि सहित २५ मेगापिक्सेल क्षमताको फ्रण्ट क्यामेराको प्रयोग गरिएको बताइएको छ।
कम्पनीका अनुसार यसमा एआई ब्यूटी २.०, कभर सट र अगुमेन्टेड रियालिटी (एआर) स्टिकर्स पनि समावेश गरिएको छ।
नयाँ ओप्पो एफसेभेनले सेल्फीको गुणस्तरलाई नयाँ आयाम दिने मात्र नभइ सेल्फी लिने प्रकृयालाई थप रमाइलो र रोचक बनाउने दाबी गरेको छ।
नयाँ फोनमा उद्योगकै पहिलो सेन्सर एचडीआर फिचर ईनब्यूल्ट रुपमै समाहित गरिएको कम्पनीको दाबी छ।
फोनमा कम्पनीले एआई एल्बमको ब्यवस्था गरेको छ। यसले प्रयोगकर्ताको अनुहार, स्थान तथा दृष्यका आधारमा तस्विरलाई वर्गिकृत गरी खोजी कार्य तथा एडिटिङ कार्यमा सहजता प्रदान गर्ने कम्पनीले बताएको छ।
यसमा ६४ बिट ४ जीबी ओक्टा–कोर प्रोशेसर (१ सय २८ जीबी भर्जनका लागि ६ जीबी) प्रयोग गरीएको बताइएको छ।