सिजी मोबाइल्सले ओमेगा सिरिजमा नयाँ आकर्षण थप गर्दै ओमेगा ८ स्मार्टफोन सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार यस स्मार्टफोनमा २.५डी कर्भ्ड ग्लास, एन्ड्रोइड नगेट ७.० अपरेटिंग सिस्टमका साथमा ल्याइएको छ, जसमा ५.५ इन्चको एचडी–आईपिएस डिस्प्ले रहेको छ। यसको डिस्प्ले १८ः९ रेसियो फूल भ्यू डिस्प्ले प्रयोग भएको छ।
यो फोनमा फोटोग्राफीको लागि उपयुक्त हुने १३ मेगापिक्सेलको क्यामरा रहेको कम्पनीले बताएको छ। त्यसका साथै उत्कृष्ट सेल्फी खिच्नका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामराको प्रयोग भएको छ।
यस फोनमा १.३ गिगाहर्जको क्वाडकोर प्रोसेसरका साथमा २ जीबी र्यामले फोनलाइ स्मुथ बनाउने कम्पनीले दाबी रहेको छ।
त्यसका साथै फोनमा रहेको १६ जीबीको इन्टरनल स्टोरेज(रोम)रहेको छ, जसमा थप स्टोरेजको लागि १२८ जीबीसम्म माइक्रो एस्डी कार्डको प्रयोग गर्न सकिने कम्पनीले बताएको छ।
फोनमा ३ हजार एमएएचको ब्याट्री ब्याकअप, जीपीएस सपोर्ट गर्ने ओमेगा ८ मा जी सेन्सर, फिंगरप्रिन्ट सेन्सर, प्रोक्सिमिटि सेन्सर र लाइट सेन्सर रहेको कम्पनीले बताएको छ।
कम्पनीका अनुसार फोनलाई आकर्षक बनाउन १८ः९ फूल भ्यू डिस्प्लेले ठुलो भुमिका खेलेको छ। यसका साथै फोनमा फोरजी नेटवर्क कम्प्याटिबल, गूगल प्रमाणित सफ्टवेयर र फिंगरप्रिन्ट स्मार्ट लक लगायतका विशेषता रहेका छन्।
कम्पनीले ओमेगा ८ को मूल्य १२ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ। कम्पनीले उक्त मोबाइलसेटमा एक वर्षको बीमा सुविधा दिएको जनाएको छ।