सिजी मोबाइल्सले ओमेगा सिरिजमा नयाँ स्मार्टफोन–ओमेगा ६ स्मार्टफोन सार्वजनिक गरेको छ।
सिजी मोबाइल्सले यस मोडलमा तीन वटा क्यामराको प्रयोग गरेको जनाएको छ। कम्पनीले यसको बजार मूल्य ९ हजार ७ सय ७७रुपैयाँ तोकेको छ। यो स्मार्टफोन कम्पनीले कालो र सुनौलो रंगमा ल्याएको बताएको छ।
यो स्मार्टफोनमा उत्कृष्ट सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामराको प्रयोग भएको छ। त्यस्तै पछाडीका लागी फ्ल्यास सहित १३ मेगापिक्सेल र २ मेगापिक्सेलको अटोफोकस ड्यूल रियर क्यामरा रहेको छ।
फोनमा रहेको ५.५ इन्चको एचडी आइपीएस डिस्प्लेले प्रयोगकर्तालाई फोनमा उच्चतम तथा स्पष्ट तस्विर देखाउन मद्दत गर्छ। यस स्मार्टफोनमा फिंगरप्रिन्ट अनलक समेत रहेको कम्पनीले जनाएको छ।
यस स्मार्टफोनले डबल सिम सपोर्ट गर्छ। यो फोनमा १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर प्रयोग भएको छ। त्यस्तै १ जीबी र्याम तथा १६ जीबीको फोन मेमोरी रहेको छ।
यसको स्टोरेजलाई माइक्रो एसडी कार्ड प्रयोग गरी ३२ जीबीसम्म थप गर्न सकिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार गूगलद्धारा प्रमाणित एन्ड्रोयड ७.० नगेट अपरेटिंग सिस्टममा आधारित ओमेगा ६ स्मार्टफोनमा वाईफाई, ब्लूटूटथ, यूएसबी, थ्रीजी कनेक्टिभिटी रहेको छ। यो फोनमा २,६०० एमएएच ब्याट्री रहेको छ।