ओपोले नयाँ सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपो एफसेवेन नेपाली बजारमा बैशाख ११गते सार्वजनिक हुने भएको छ।
यस समारोहमा नेपाली चलचित्र तथा मोडलिङ क्षेत्रका बृहत हस्तिहरु अदिती बुढाथोकी र मलिना जोशीको पनि उपस्थिती हुने कम्पनीले जनाएको छ।
ति हस्तिहरुले भिडियो मार्फत सार्वजनिक गरिएको ‘यू एण्ड आई’ क्याम्पेन मार्फत दूई भाग्यशाली विजेताले कार्यक्रममा प्रत्यक्ष सहभागी ति स्टारसंग सेल्फी खिच्ने अवसरपनि प्राप्त गर्ने कम्पनीले जनाएको छ।
कम्पनीले यसका लागि क्याम्पनेमा सहभागी हुन तोकिएको ह्याशट्याग प्रयोग गरी ३ साथीलाई ट्याग र भिडियोलाई लाइक तथा सेयर गर्नु पर्ने बताएको छ। क्याम्पेन एप्रिल १४ देखि अप्रिल १९ सम्म लागु गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले यस फोनमा रियल टाइम हाई डायनामिक रेञ्ज (एचडीआर) प्रविधि सहित २५ मेगापिक्सेल क्षमताको फ्रण्ट क्यामेराको प्रयोग भएको बताएको छ।
यसमा एआई ब्यूटी २.०, कभर सट र अगुमेन्टेड रियालिटी (एआर) स्टिकर्सपनि रहेको जनाएको छ। नयाँ ओपो एफसेवेनले सेल्फीको गुणस्तरलाई नयाँ आयाम दिने मात्र नभइ सेल्फी लिने प्रकृयालाई थप रमाइलो र रोचक बनाउने कम्पनीले दाबी गरेको छ।