ट्विटरले आफ्ना सबै प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न भनेको छ । आन्तरिक नेटवर्कमा केही समस्या देखिएकाले ट्विटरले आफ्ना ३३० मिलियन प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न भनेको हो।
यद्यपि पासवर्ड चोरी भएको या कुनै दुरुपयोग हुनसक्ने भन्दै सावधानी अपनाउन पासवर्ड परिवर्तन गर्नुपर्ने ट्विटरले बताएको छ ।
ट्विटरका कार्यकारी प्रमुख ज्याक डोरसेले ट्विटरमा केही समस्या देखिएको तर दुरूपयोग भएको संकेता फेला नपरेको बताएका छन्।