चिनियाँ इलेक्ट्रोनिक कम्पनी डिजेआइले ओस्मो मोबाइल टु मोडलको ‘क्यामकोडर’ सार्वजनिक गरेको छ।
सार्वजनिक गरिएको यस क्यामकोडरमा भएको आइएसो, सटर स्पिड लगायतले फोनको क्यामरालाई व्यवसायिक क्यामराझैं प्रयोग गर्न सकिने कम्पनीले दाबी गरेको छ।
यसले हातैले लिइने फुटेजलाई स्थिर बनाउँछ भने यसमा पेनोरमा, पोट्रेट, फ्ल्यासलाइट मोड लगायतका विशेषता छन्। यसको मूल्य १७ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ।
त्यस्तै कम्पनीले मेभिक एयर ड्रोन समेत सार्वजनिक गरेको छ।
३२ मेगापिक्सेलको स्पेयर पेनोरमा क्यामरा भएको यसले फोरके भिडियो खिच्न सक्छ। यस ड्रोनको मूल्य १ लाख ३० हजार राखिएको छ।
दुबै सामान बबरमलस्थित ओलिज स्टोरमा यसको खरिद गर्न सकिनेछ।