अनलाइन बजार दराजले नबिल बैंकको साझेदारीमा ‘दराज सारथी कार्यक्रम’ सुरू गरेको छ।
यस साझेदारी अनुसार दराज अनलाइन सपिङ मार्फत ब्यापार गरिरहेका साना तथा मध्यम व्यवसायीहरूले विशेषगरी एसएमई सुविधा उपयोग गर्न सक्ने छन्। यो एसएमई कार्यक्रम योग्यताका आधारमा हुने छ। विक्रेताको प्रदर्शन अनुसार सुविधा पाउँछन्।
यस कार्यक्रममा मार्फत एसएमई विक्रेताहरूले कुल ५० करोडसम्मको वित्तीय सहयोग पाउन सक्नेछन्। दराजमा सहभागी एसएमई विक्रेताहरूले १० करोडसम्मको कर्जा पाउने छन्।
कर्जा सुविधाको साथ एसएमई विक्रेताहरूले कागजात पेश गरको ७२ घण्टामै कर्जा निर्णय, एसएमईको लागि राम्रो ब्याजदर, दराजमा विक्रेताको प्रदर्शनअनुसारको कर्जा एड्मिन शुल्क र पहिलो दस एसएमईहरूका लागि कर्जा एड्मिन शुल्कमा ०.२५ प्रतिशत छुट पाउने छन्।
सारथी कार्यक्रमद्वारा दराजमा सक्रिय एसएमई विक्रेताहरूले महामारीले पुर्याएको नठिनाईहरूसँग लड्न सक्षम बनाउने कम्पनीको विश्वास छ।