शाओमी नेपालले ३ सिरिजका फोन नेपाली बजारमा ल्याएको छ। ती हुन्ः एमआई, पोको र रेड्मी।
रेड्मी सिरिजको लेटेस्ट स्मार्टफोन ‘रेड्मी–९सी’ अहिले बजारमा चर्चित छ। यो केही साता अघि नेपाली बजारमा आएको हो। यसका सबै फोनहरू ग्राहकले मनपराएका छन्।
महङ्गा फ्ल्यागसिप फोनमा प्रयोग हुने केही प्रविधि यस फोनमा जडानगरिएको कम्पनीका डिजिटल मार्केटिङ हेड जीवन तामाङ बताउँछन्।
मोबाइलको महत्वपूर्ण पार्ट डिस्प्ले, क्यामरा, स्टोरेज र ब्याट्री नै हो। जसमा उत्कृष्ट प्रविधिहरू जडान गरिएको छ।
फोनको मुख्य विशेषताः
- १३ एमपी मुख्य क्यामरा, २ एमपी डेप्थ सेन्सर, २ एमपी म्याक्रो क्यामरा र एलईडी फ्ल्याश।
- ६५३ इन्च डट ड्रप डिस्प्ले।
- ५००० एमएएच उच्च क्षमताको ब्याट्री।
- ५ एमपी सेन्सर एआई सेल्फी क्यामरा।
- २जीबी ३२जीबी (१२,९९९) र ३ जिबी ६४ जिबी (१४,९९९)
- सनराइज ओरेन्ज, ट्वीलाइट ब्लु र मिडनाइट ग्रे रङःमा उपलब्ध।
फोनमा दुई सिमकार्ड एकै साथ प्रयोग गर्न सकिने गरी ‘हाइब्रिड सिम स्लट’ राखिएको छ। यसमा कर्निङ गोरिल्ला ग्लास ५ प्रयोग गरिएको छ। जसले फोन स्क्र्याच र सहजै फुट्नबाट बचाउँछ।
फोनमा प्रयोग गरिएको वाटर रेसिस्ट्यान्सले फोनलाई पानीबाट बचाउन सघाउँछ। यस स्मार्टफोनमा आकर्षक सेल्फी, गेम, डिजाइन र भिडियो एकदमै राम्रो छ। यो फोन शाओमीको इन्ट्री लेबल फोन अन्तर्गत पर्दछ।
फोनको पछाडि टेक्सचर डिजाइन छ जसले औंलाको छाप बस्न दिदैँन। फोनमा भएको एआई फेश अनलकले तपाईको फोन अरूले चलाउन सक्दैनन्।
रेड्मीका सस्तो मूल्यका अन्य फोन पनि खोज्दै हुनुहुन्छ भने यी फोन विकल्प हुन सक्छन्।
रेड्मी सिरिज अन्तर्गत रेड्मी गो, रेड्मी७ए, रेड्मी७, रेड्मी वाइ३, र रेड्मी नोट७ को मूल्य २० हजारभन्दा कम छ।
रेड्मी–गो
डिस्प्लेः ५ इञ्च
डुअल क्यामराः ८एमपी प्लस ५एमपी
ब्याट्रीः ३ हजार एमएएच
स्टोरेजः १जिबी÷८ जिबी
मूल्यः ८ हजार ९ सय ९९
स्टोरेजः १जिबी/१६जिबी
मूल्यः ९ हजार ९ सय ९९
कलरः ब्लु र ब्ल्याक
रेड्मी–७ए
डिस्प्लेः ५.४५ फुल स्क्रिन डिस्प्ले
डुअल क्यामराः १२एमपी प्लस ५एमपी
ब्याट्रीः ४ हजार एमएएच
स्टोरेजः २ जिबी/३२ जिबी
मूल्यः १० हजार ९ सय ९९
कलरः ब्लु, ब्ल्याक र गोल्ड
रेड्मी–७
डिस्प्लेः ६.२६ इञ्च एचडी डट ड्रप डिस्प्ले
गोरिल्ल ग्लास ५
ब्याक क्यामराः १२एमपी प्लस २एमपी
सेल्फीः ८एमपी
एआई फेस अनलक
ब्याट्रीः ४ हजार एमएएच
स्टोरेजः २जिबी/३२जिबी
मूल्यः १४ हजार ९ सय ९९
स्टोरेजः ३जिबी/३२ जिबी
मूल्यः १६ हजार ९ सय ९९
कलरः ब्ल्याक, ब्लु, रेड
रेड्मी–वाइ३
डिस्प्लेः ६.२६ इञ्च एचडी डट नच डिस्प्ले
गोरिल्ला ग्लास ५
ब्याक क्यामराः १२एमपी प्लस २एमपी
सेल्फीः ३२एमपी
एआई फेस अनलक
ब्याट्रीः ४ हजार एमएएच
स्टोरेजः ३जिबी÷३२ जिबी
मूल्यः १७ हजार ९ सय ९९
यो ४ जिबी/६४ जिबीमा पनि उपलब्ध छ। जसको मूल्य भने २० हजार ९ सय ९९ रहेको छ।
कलरः ब्ल्याक, ब्लु, रेड
रेड्मी–नोट७
डिस्प्लेः ६.३ इञ्च एचडी डट डिस्प्ले
डुअल क्यामराः ४८एमपी प्लस १२एमपी
एआई फेस अनलक
ब्याट्रीः ४ हजार एमएएच
स्टोरेजः ३जिबी/३२जिबी
मूल्यः १९ हजार ९ सय ९९
कलरः ब्ल्याक, ब्लु, रेड