एनसेल आजियाटा लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभल सेक्सनमा नयाँ एनसेल सेन्टर संचालनमा ल्याएको छ।
एकै स्थानबाट आफ्ना ग्राहकलाई विभिन्न सेवा प्रदान गर्ने उद्देश्यसहित कम्पनीले उक्त सेन्टर संचालनमा ल्याएको हो।
यस सेन्टरमा ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु लिन सक्छन्।
यसैगरी आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका अन्य ग्राहक सेवाहरु पाउँछन्।
नयाँ सेन्टरले विदेशबाट आउने यात्रु तथा ग्राहकलाई थप मुल्य प्रदान गर्ने विश्वास एनसेलले लिएको छ। सातै दिन बिहान ९ बजेदेखि ५ः३० बजेसम्म यस सेन्टरले सेवा दिने कम्पनीले बताएको छ।