भिभोको पछिल्लो उत्पादन ‘एस’ सिरिजले नेपाली बजारमा राम्रो स्थान पाएको छ। गत वर्ष भित्रिएको यो यस सिरिजका फोन अहिले पनि बजारमा उत्तिकै प्रयोगमा रहेको प्रोडक्ट ट्रेनि नेलशन बुर्लाकोटीले जानकारी दिए।
‘एस’ सिरिजका फोन मिड रेञ्चमा फ्ल्यागसिप स्मार्टफोन अन्तर्गत पर्दछ। महङ्गा स्मार्टफोनमा हुने आधुनिक प्रविधि यस फोनमा समावेश गरिएको छ। विशेषगरी पब्जी लभर्सका लागि २ वटा एक्स्ट्रा अर्डिनरि फिर्चस समावेश गरिएको कम्पनीले बताएको छ।
‘एस’ सिरिजअन्तर्गत ‘एस वन’ र ‘एस–वन प्रो’ बजारमा ल्याइएको थियो। यहाँ ‘एस–वन प्रो’ बारे उल्लेख गरिएको छ।
फेसनेवल ग्राहकलाई लक्षित गरेर ‘एस–वन प्रो’ नेपाली बजारमा ल्याएको कम्पनीले जानकारी दिएको छ। यस फोनको पछाडि भागमा ग्रेडियन डाइमन प्यार्टन प्रयोग गरिएको छ। ब्ल्याक र स्काइ गरी दुईवटा रङमा यो फोन उपलब्ध छ। जुन रङ युवायुवती दुवैलाई सुहाँउदो हुने छ।
फोनको पछाडि चार क्यामरा छ। मूख्य क्यामरामा सोनीको लेन्स प्रयोग गरिएकाले उत्कृष्ट फोटो आउने कम्पनीले जानकारी दिएको छ।
फोनमा अत्याधुनिक प्रविधि प्रयोग गरिएकाले समय र मिति हेर्न प्रयोगकर्ताले पावर वटन थिचिरहनु पर्दैन।
भिभोले भित्र्याएको नयाँ स्मार्टफोनमा थप विशेषता के–के छन्?
- सिरिजः एस
- मोडलः एसवन
- डिस्प्लेः ६.३८ इञ्च सुपर एमोलोइड डिस्प्ले
- कलरः स्काइलाइन ब्लु र डाइमन ब्ल्याक
- फ्रन्ट क्यामराः ३२ मेगापिक्सल
- ब्याक क्यामराः ४८/८/२/२ मेगापिक्सल
- मूख्य क्यामरामा सोनिको सेन्सर प्रयोग गरिएको
- ब्याट्रीः ४ हजार ५ सय एमएएच
- डबल इन्जिनको फास्ट चार्जिङ टेक्नोलोजी
- सब ग्रेडिङ सिस्टम
- र्यामः ६ जिबी
- स्टोरेजः १२८ जिबी
- प्रोसेसरः २०१९ को लेटेस्ट प्रोसेसर मिडिया टेकको पि ६५
- मूल्यः ३६ हजार ७ सय ९०
- फोन सेक्युरिटीः इन डिस्प्ले फिङ्गर प्रिन्ट स्क्यानिङ
मोबाइलमा क्यामरा र म्युजिकलाई जोड दिने प्रतिबद्धताका साथ २०१७ नोभेम्बर २३ देखि भिभोले नेपालमा आफ्नो उत्पादन ल्याएको हो। करिब तीन वर्षको अवधिमा यसका ‘वाई’, ‘भि’ र ‘एस’ सिरिजका फोन बजारमा छन्।
कम्पनीका अनुसार ‘वाई’ सिरिज सस्तो फोन अन्तर्गत पर्दछ भने ‘भि’ सिरिज महङ्गो फोन अन्तर्गत पर्दछ।
‘वाइ’ सिरिज अन्तर्गत वाइ–९०, वाइ–९१सी (२०२००, वाइ–११, वाइ–२०, वाइ–१२, वाइ–३०, वाइ–१५ र वाइ–१७ र ‘भि’ सिरिज अन्तर्गत भि–२०, भि–२० एसइ, भि–१७ प्रो र भि–१९ छन्। त्यस्तै ‘एस’ सिरिज मध्यम मूल्य अन्तर्गत पर्दछ। यस सिरिजमा भने ‘एस–वन प्रो’ मात्रै बजारमा उपलब्ध छ।