पछिल्लो समय कोरोना भाइरसका कारण भौतिकरूपमा कक्षा सञ्चालन नहुँदा धमाधम अनलाइन कक्षा भइरहको छ। अनलाइन कक्षाले गर्दा मोबाइलको आवश्यकता झन् बढ्दै गएको छ।
घरमा भएको ल्यापटप वा कम्प्युटर अभिभावकले नै कार्यालयको काम गर्नु पर्ने हुँदा छोरा छोरीले प्रयोग गर्न पाउँदैनन्।
यदि तपाईं आफ्नो छोराछोरीको लागि राम्रो र सस्तो मोबाइलको खोजी गर्दै हुनुहुन्छ भने यी फोन विकल्प हुन सक्छन्।
यी फोनमा ब्याट्री र साउण्ड राम्रो छ। पढाइ सकेपछि बच्चा बच्चीलाई टिकटक बनाउनका लागि क्यामरा पनि गुणस्तरीय दिइएको छ।
तपाईंले १० देखि १५ हजार मूल्यमा रेड्मी, सामसङ, ओपो र हुवाइका फोन पाउन सक्नुहुन्छ।
फोनका मुख्य विशेषता निम्न छन्ः
रेडमी–९ए
यो फोनमा ६.५३ इञ्चको डिस्प्ले दिइएको छ। ५ हजार एमएएच ब्याट्री क्षमता भएकाले अनलाइन कक्षामा बस्दा फोन चार्ज गरिरहनु पर्दैन।
यो एन्ट्री लेबल स्मार्टफोन हो।
रेडमी ९ए मा मिडियाटेक हेलियो जी२५, अक्टा कोर गेमिङ चिपसेट जस्ता विशेषताहरु भएकाले फोन चलाउँदा सहज अनुभव हुन्छ।
फोनमा पछाडि १३ एमपी र सेल्फीका लागि १३ एमपीको क्यामरा छ।
तपाईंले यो २जीबी र्याम र ३२जीबी स्टोरेजमा कार्वन ग्रे, ओसियन ग्रीन र स्काई ब्लु गरी तीन रङमा पाउनु हुन्छ।
फोनको मूल्य ११ हजार ४ सय ९९ रूपैयाँ छ।
सामसङ एम–०१ कोर
फोनमा ५.३ इञ्चको डिस्प्ल छ। पछाडि ८ मेगापिक्सल र अगाडि ५ मेगापिक्सलको क्यामरा छ। रहेको छ। ३ हजार एमएएच ब्याट्री क्षमता भएको यो फोन ग्राहकले १जिबी र्याम र १६ जिबी स्टोरजमा किन्न पाउँछन्। यसको मूल्य ९ हजार ९ सय ९९ तोकिएको छ।
शाओमी–रेड्मी गो
यो फोनमा ५ इञ्चको डिस्प्ले छ। पछाडि क्यामेरा ८ मेगापिक्सल अगाडि ५ मेगापिक्सलको दुई वटा क्यामरा राखिएको छ। पछाडि ८ मेगापिक्सल र अगाडि ५ मेगापिक्सलको क्यामरा छ। रहेको छ। ३ हजार एमएएच ब्याट्री क्षमता भएको यो फोन ग्राहकले १जिबी र्याम र १६ स्टोरेजमा पाउँछन्। ब्लु र ब्ल्याक गरी दुई रङमा पाइने फोनको मूल्य ९ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।
रेड्मी–७ए
यो फोनमा ५.४५ इञ्चको डिस्प्ले छ। पछाडि १३ मेगापिक्सल र अगाडि ५ मेगापिक्सलको क्यामरा छ। ४ हजार एमएएच ब्याट्री क्षमता रहेको यो फोन ग्राहकले २ जिबी र्याम र ३२ जिबी स्टोरेजमा पाउँछन्। यो फोन ब्लु, ब्ल्याक र गोल्ड गरी तीन रङमा उपलब्ध छ। फोनको मूल्य १० हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।
हुवाइ–वाइ५पी
यो फोनमा ५.४५ इञ्चको डिस्प्ले छ। पछाडि ८ मेगापिक्सल र अगाडि ५ मेगापिक्सलको क्यामरा छ। ३ हजार २० एमएएच ब्याट्री क्षमता रहेको यो फोन ग्राहकले २ जिबी र्याम र ३२ जिबी स्टोरेजमा पाउँछन्। फोनको मूल्य १० हजार ९ सय ९९ रूपैयाँ छ।
रेड्मी–८ए डुअल
यो फोनको डिस्प्ले ६.२२ इञ्चको छ। पछाडि १३ र २ मेगापिक्सेलको दुई वटा क्यामरा छन्। ८ मेगापिक्सलको सेल्फी क्यामरा छ। ५ हजार एमएएच ब्याट्री क्षमता भएको यो ग्राहकले ३ जिबी र्याम ६४ जिबी रोम क्षमतामा किन्न पाउँछन्। फोनको मूल्य १५ हजार ४ सय ९९ रूपैयाँ तोकिएको छ।
ओपो–ए३ एस
फोनमा ६.२ इञ्चको फुल एचडी डिस्प्ले छ। पछाडि १३ र २ मेगापिक्सलको दुई क्यामरा छन्। ८ मेगापिक्सलको सेल्फी क्यामरा छ। फोनमा २ जिबी र्याम र १६ जिबी स्टोरेज रहेको छ। ४ हजार २ सय ३० एमएएच ब्याट्री क्षमता भएको यो फोनको मूल्य १५ हजार ९ सय ९० छ।