इन्टरनेटमा आधारित बिजनेश नीतिका बारेमा भर्चुअल छलफल हुने भएको छ।
आउने शुक्रबार अर्थात् मंसिर १९ गते ई-बिजनेस पोलिसी फोरम, २०२० आयोजना हुने छ। डेल्टा ल फर्म तथा इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटको संयुक्त आयोजना र इन्नोभेटिभ लिगल सर्भिस तथा नेपाल इन्टरनेट फाउन्डेसनको सह-आयोजनामा उक्त छलफल कार्यक्रम आयोजना हुने भएको छ।
भर्चुअल माध्यम (जुम) बाट हुने कार्यक्रममा ई-बिजनेश सम्बन्धी नीति, कानून तथा अभ्यासबारे सम्बन्धित सरोकारवालाबीच गहन समिक्षा र विश्लेषण गरी दिगो अनलाइन व्यवसायका उपाय निकालिनेछ ।
कार्यक्रम बिहान साढे ९ बजेदेखि सुरू हुनेछ ।