वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले कल्याणकारी कोष र बीमाको रकम इसेबाटै भुक्तानी गर्न सक्ने भएका छन्।
इसेवा खाता भएकाहरुले सिधै मोबाइलबाट भुक्तानी गर्न सक्नेछन् भने खाता नभएकाले नजिकै रहेका इसेवा जोन पोइन्टबाट तिर्न सक्नेछन् । सन नेपाल लाइफ इन्स्योरेन्सले जारी गर्ने बैदेशीक रोजगार म्यादी बीमाको इसेवा मार्फत भुक्तानी गर्न सकिन्छ ।
कल्याणकारी कोषको रकम व्यक्तीगत र संस्थागत दुबै किसिमको भुक्तानी गर्न सकिन्छ । आफैले वा आफ्नो साथीभाईको मद्दतबाट रोजगारको अवसर खोजी श्रम स्विकृती लिने प्रक्रियामा भएका व्यक्तिले इसेवाबाट व्यक्तीगत रुपमा कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ । यसैगरी पहिले रोजगारका लागि विदेश गईसकेको र पुनः सोही ठाउँमा जान भिसा नविकरण गर्ने व्यक्तिले पनि व्यक्तिगत रुपमा अनलाईन फारम भरी इसेवाबाट कल्याणकारी कोषमा रकम बुझाउन सक्नेछन्।
बैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीले पनि एकमुष्ट कल्याणकारी कोषमा रकम बुझाउन सक्नेछन्।जसका लागि कम्पनीले इजाजत प्राप्त गरेको समयमा पाएको लट नम्बर प्रयोग गर्नुपर्ने छ।
बीमा र कल्याणकारी कोष शुल्क बुझाउनकै लागि लाइन बस्नुपर्ने बाध्यता यो व्यवस्थासँगै अन्त्य हुने कम्पनीको विश्वास छ।
यस्तो शुल्क बुझाउनका लागि यस्तो प्रक्रिया पूरा गर्नुपर्छ:
१. इसेवा खातामा लग इन गर्ने
२. सर्च बारमा ““Foreign Employment Welfare Fund” देखाइएको आइकनमा थिच्ने
३. व्यक्तिगत शुल्क बुझाउने भए “Individual” र म्यानपावरबाट बुझाउने भए “Individual” छनोट गर्ने
४. व्यक्तिगत शुल्क बुझाउने भए पासपोर्ट नम्बर र म्यानपावरबाट भए पासपोर्ट नम्बरसँगै लट नम्बर राखी “Check” मा थिच्ने।
५. देखाइएको विवरण सबै ठिक भए नभएको हेरी शुल्क तिर्ने।
यसरी तिरेको शुल्कको विवरण सुरक्षित राख्न चाहेको खण्डमा माथिल्लो दायाँ कुनामा देखिने PDF को आइकनमा थिची भुक्तानी विवरण डाउनलोड गर्न सकिने छ।