नेपालमा सबभन्दा धेरै संख्यामा बिक्री हुने 'लाभा' ब्रान्डका थप नयाँ स्मार्टफोन आउने भएका छन्। लाभा इन्टरनेसनलले बजारमा चार नयाँ मोडलका फोन ल्याउन लागेको हो।
विगत दस वर्षदेखि नेपाली बजारमा लाभाका विभिन्न फोनहरू बिक्री भइरहेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा लाभा ब्रान्डको हिस्सा सबभन्दा धेरै, १५ प्रतिशत छ।
विशेषगरी 'बार/किप्याड' फोनमा लोकप्रिय लाभाले स्मार्टफोन पनि सस्तो मूल्यमै ल्याइरहेको छ। किप्याड फोन चलाइरहेका उपभोक्तालाई मूल्य र फिचर्समा सहज हुनेखालका टच स्मार्टफोन ल्याउन लागिएको लाभा इन्टरनेसनलका मार्केटिङ म्यानेजर शंकर मैनालीले जानकारी दिए।
उनका अनुसार नयाँ आउने सबै स्मार्टफोन दस हजार रुपैयाँभन्दा कम मूल्यका हुनेछन्। सस्तो मूल्यमा धेरै सुविधा पाइने यी स्मार्टफोनबाट आधुनिक प्रविधिको प्रयोग सजिलै गर्न सकिने उनको भनाइ छ।
'नयाँ टचस्क्रिन प्रविधि, इन्टरनेटमा आधारित म्यासेन्जिङ तथा कल सुविधा, मेमोरी कार्ड नराखी फिल्म स्टोर गरी हेर्न सकिने लगायत लगभग सबै आधारभूत सुविधा भएका यी फोनबाट ग्राहक लाभान्वित हुने हाम्रो विश्वास छ,' उनले भने।
पछिल्लो समय पढाइ प्रयोजनमा स्मार्टफोन खोजिरहेका स्कुले विद्यार्थीका लागि लाभाका स्मार्टफोन उपयुक्त विकल्प हुने उनको भनाइ छ।
नयाँ स्मार्टफोन लाभा–बेंको वाइ सिरिजअन्तर्गत बेंको वाइ–४०, बेंको वाइ–३०, बेंको वाइ–५० र बेंको –५० प्रो आउने छन्।
ती फोनका मुख्य विशेषताबारे तल उल्लेख गरिएको छ।
बेंको वाइ–४०
डिस्प्लेः ५.० इन्च
ब्याट्रीः २५०० एमएएच
क्यामराः मुख्य क्यामरा ५ मेगापिक्सल र २ मेगापिक्सल सेल्फी
स्टोरेजः १ जिबी र्याम र ३२ जिबी रोम
अनुहार र फ्रिंगरप्रिन्टबाट फोन अनलक गर्न सकिने
रङः हरियो र निलो
मूल्यः ७ हजार ४ सय ९९ रूपैयाँ
बेंको वाइ–३०
डिस्प्लेः ५.७१ इन्च एचडी वाटरड्र डिस्प्ले
ब्याट्रीः २५०० एमएएच
क्यामराः मुख्य क्यामरा ५ मेगापिक्सल र ५ मेगापिक्सल सेल्फी
प्रोसेसरः १.४ गिगाहर्ज क्वाडकोर
स्टोरेजः १ जिबी र्याम र ३२ जिबी रोम
रङः हरियो र निलो
मूल्यः ८ हजार ५ सय रूपैयाँ
बेंको वाइ– ५०
डिस्प्लेः ५.७१ इन्च एचडी वाटरड्र डिस्प्ले
ब्याट्रीः २५०० एमएएच
क्यामराः मुख्य क्यामरा ५ मेगापिक्सल र ५ मेगापिक्सल सेल्फी
प्रोसेसरः १.४ गिगाहर्ज क्वाडकोर
स्टोरेजः १ जिबी र्याम र ३२ जिबी रोम
अनुहार र फ्रिंगरप्रिन्टबाट फोन अनलक गर्न सकिने
रङः हरियो र निलो
मूल्यः ८ हजार ८ सय रूपैयाँ
बेंको वाइ– ५० प्रो
डिस्प्लेः ५.७१ इन्च एचडी वाटरड्र डिस्प्ले
ब्याट्रीः ३१०० एमएएच
क्यामराः मुख्य क्यामरा ८ मेगापिक्सल र ५ मेगापिक्सल सेल्फी
प्रोसेसरः १.४ गिगाहर्ज क्वाडकोर
स्टोरेजः २ जिबी र्याम र १६ जिबी रोम
अनुहार र फ्रिंगरप्रिन्टबाट फोन अनलक गर्न सकिने
रङः हरियो र निलो
मूल्यः १० हजार रूपैयाँ