उत्कृष्ट कार्यक्षमता भएको रेड्मीको ‘रेड्मी–९ए’ एन्ट्री लेबल स्मार्टफोन हो। यसमा दुई वटा क्यामरा छ। जसमा मुख्य क्यामरा १३ मेगापिक्सलको र ५ मेगापिक्सलको सेल्फी छ।
यी दुई लेन्सको सहायताले प्रयोगकर्ताले वाइड एंगल सट, क्लोजअप वा पोेट्रेट सट लिन सक्छन्।
यसमा कम्पनीले ६.५३ इञ्चको डिस्प्ले दिएको छ। डिस्प्लेको आकार ठूलो भएकोले प्रयोगकर्तालाई गेम खेल्न, मुभि हेर्न तथा अनलाइन कक्षाको लागि उपयुक्त हुन्छ।
५ हजार एमएएचको ब्याट्री क्षमता भएकाले प्रयोगकर्तालाई पटक पटक फोन चार्ज गरिरहनु पर्दैन। १० वाटको फास्ट चार्जिङ सुविधा दिइएकोले चार्ज सकिहाले पनि प्रयोगकर्ताले थोरै समयमै फुलचार्ज गर्न सक्छन्।
ठूलो डिस्प्ले, ५ हजार एमएच ब्याट्री क्षमता र १३ मेगापिक्सलक्यामरा भएकाले यो फोन अन्यफोनको तुलनामा धेरै बिक्रीभएको मोबाइ बिक्रेता सागर गौतमले बताए।
‘कम मूल्यमा यसमा उत्कृष्ट फिचर भएकाले अनलाइन कक्षाको लागि यो फोन ग्राहकको रोजाईमा परेको छ,’ उनले भने।
रेडमी ९ए मा मिडियाटेक हेलियो जी२५, अक्टा कोर गेमिङ चिपसेट जस्ता विशेषताहरु भएकाले फोन चलाउँदा सहज अनुभव हुन्छ।
तपाईंले यो २जीबी र्याम र ३२जीबी स्टोरेजमा कार्वन ग्रे, ओसियन ग्रीन र स्काई ब्लु गरी तीन रङमा पाउनु हुन्छ।
फोनको पछाडिको कभरमा ग्रेडिएन्ट कलर डिजाइन गरिएको छ। फोनको मूल्य भने ११ हजार छ सय रूपैयाँ तोकिएको छ।
यो बाहेक एन्ट्री लेबल स्मार्टफोन अन्तर्गत रेड्मीको अन्यफोन पनि विकल्पमा छन्ः ती रेड्मी–गो, रेड्मी–७ए र रेड्मी–८ए डुअल हुन्। यी फोनको मुख्य फिचर्स तल उल्लेख गरिएको छ।
रेड्मी–गो
यो फोनमा ५ इञ्चको डिस्प्ले छ। पछाडि ८ मेगापिक्सल र अगाडि ५ मेगापिक्सलको दुई वटा क्यामरा छ। ३ हजार एमएएच ब्याट्री क्षमता भएको यो फोन ग्राहकले १जिबी र्याम र १६जिबी स्टोरेजमा पाउँछन्। ब्लु र ब्ल्याक गरी दुई रङमा पाइने यो फोनको मूल्य ९ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।
रेड्मी–७ए
फोनमा ५.४५ इञ्चको डिस्प्ले छ। पछाडि १३ मेगापिक्सल र अगाडि ५ मेगापिक्सलको दुई क्यामरा छ। ४ हजार एमएएच ब्याट्री क्षमता रहेको यो फोन ग्राहकले २ जिबी र्याम र ३२ जिबी स्टोरेजमा पाउँछन्। यो फोन ब्लु, ब्ल्याक र गोल्ड गरी तीन रङमा उपलब्ध छ। फोनको मूल्य १० हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।
रेड्मी–८ए डुअल
फोनको डिस्प्ले ६.२२ इञ्चको छ। पछाडि १३ र २ मेगापिक्सेलको दुई वटा क्यामरा छन्। त्यस्तै ८ मेगापिक्सलको सेल्फी क्यामरा छ। ५ हजार एमएएच ब्याट्री क्षमता भएको यो ग्राहकले ३ जिबी र्याम ६४ जिबी रोम क्षमतामा किन्न पाउँछन्। फोनको मूल्य १५ हजार ४ सय ९९ रूपैया ँतोकिएको छ।