पछिल्लो समय कम्पनीहरूले आफ्ना फोनमा नयाँनयाँ प्रयोग गरिरहेका छन्। विशेषतः फोनको क्यामरामा पछिल्ला वर्षमा निकै विकास भइसकेको छ। यही दौडमा अब चिनियाँ कम्पनी जेडटिइ पनि जोडतोड साथ लागेको छ।
प्रविधि सम्बन्धी खबर छाप्ने एन्ड्रोइड अथोरिटीका अनुसार आउँदो डिसेम्बर २१ मा जेडटिइले नयाँ फोन सार्वजनिक गर्दैछ। 'एक्सोन २०' नाम दिइएको उक्त फोनमा अन्डर डिस्प्ले क्यामरा हुने बताइएको छ।
'अन्डर डिस्प्ले' फोनमा भने मोबाइलको स्क्रिनभित्रै क्यामरा सेन्सर हुन्छ। सामान्यतया मोबाइल निर्माता कम्पनीहरूले 'नच डिस्प्ले' र 'पञ्च होल डिस्प्ले' क्यामरा सार्वजनिक गरिरहेका थिए।
यस फिचरले सेल्फी क्यामेरा एक्टिभ भएका बेला मात्रै काम गर्छ। अन्य अवस्थामा भने फोनले सामान्य स्क्रिनकै काम गर्ने बताइएको छ।
सार्वजनिक भएलगत्तै इन-डिस्प्ले सेल्फी क्यामरा भएको यो पहिलो व्यावसायिक फोन हुने एन्ड्रोइड अथोरिटीले जनाएको। नोकिया, शाओमी, ओपो लगायत कम्पनीले पनि यस्तो क्यामरामा काम गरिरहेको बताइएको छ।
जेडटिई एक्सोन-२० फोनमा फाइभ-जी पनि हुनेछ।
आउँदो डिसेम्बर २१ मा फोन सार्वजनिक हुने यो फोन तत्काल अमेरिकामा भने उपलब्ध हुने छैन। अमेरिका र चीनबीच व्यापार युद्धका कारण हाल अमेरिकामा उपलब्ध नहुने एन्ड्रोइड अथोरिटिले लेखेको छ।
सार्वजनिक हुने दिन एक्सोन-२० निम्न देशमा उपलब्ध हुनेछः
१. यूरोप
२. जापान
३. मलेसिया
४. फिलिपिन्स
५. साउदी अरेबिया
६. दक्षिण अफ्रिका
७. दक्षिण कोरिया
८. थाइल्यान्ड
९. युनाइटेड अरब इमिरेट्स
१०. बेलायत
अन्डर डिस्प्ले सेल्फी क्यामरा र फाइभ-जी बाहेक यो फोनमा ४२२० एमएएचको ब्याट्री, १२ जिबी र्याम, स्न्यापड्रागन ७६५ जी प्रोसेसर र ६.९२ इन्चको पूरा आकारको ओएलइडी डिस्प्ले छ।