दक्षिण कोरियाली स्मार्टफोन कम्पनी सामसङले विभिन्न मोडलका फोन ल्याएको छ। त्यसैमध्ये एक हो ग्यालेक्सी ‘एम२१’।
सामसङको ‘एम सिरिज मध्यम मुल्यको फोन भएकोले नेपाली उपभोक्ताले धेरै रूचाएका छन्। यसमा एक शक्तिशाली ब्याट्री, उत्कृष्ट क्यामेरा एवं ठूलो स्क्रिन छ जुन नेपालका नयाँ पुस्ताका लागि धेरै आकर्षक बनेको सामसङ बिजिनेस प्रमुख प्रणय रत्न स्थापितले बताए।
यसमा कम्पनीले सबैभन्दा धेरै ६ हजार एमएएच ब्याट्री क्षमता दिएको छ। जसले गर्दा प्रयोगकर्तालाई पटक पटक मोबाइल चार्ज गरिरहनु पर्दैन।
यसमा टाइप सी फास्ट चार्जिङ्ग सुविधाले अन्य साधारण चार्जिङ्गको तुलनामा ३ गुणा स्पीड बढाइदिएको छ। १५ वाटको फास्ट चार्जिङ्ग सुविधा दिएको छ।
फोनमा ६.४ इञ्चको ठूलो आकारको डिस्प्ले भएकाले ठूलो स्क्रिनमा फिल्म हेर्न, गेम खेल्न तथा अनलाइन कक्षाको लागि पनि यो फोन उपयुक्त हुने देखिन्छ।
फोनमा बहुआयामिक एवं शक्तिशाली तीन क्यामरा प्रणाली छ, जसले जस्तो सुकै अवस्थामा पनि गुणस्तरीय फोटो खिच्न सघाउँछ। जसमा ४८ मेगापिक्सल प्रमुख क्यामरा, ८मेगापिक्सलको अल्ट्रा वाइड र ५ मेगापिक्सल डेप्थ क्यामरा छ।
अगाडि भएको २० मेगापिक्सल लेन्सले सेल्फी खिच्न सघाउँछ।
फोनको पछाडिको भागमा फिंगरप्रिन्ट सेन्सर छ यसले प्रयोगकर्तालाई अझै बढी सुरक्षा एवं सहजै अनलक गर्ने सुविधा प्रदान गरेको छ। यसमा भएको फाइन्डर सुविधाले फोनमा भएका विषयवस्तुहरुलाई तुरुन्तै खोज्न सकिन्छ।
ग्राहकले यो फोन ४ जिबी र्याम ६४ जिबी रोम र ६ जिबी र्याम १२८ जिबी रोम क्षमतामा किन्न पाउँछन्।
फोनको मूल्य क्रमशः २२ हजार ९ सय ९९ र २७ हजार ४ सय ९९ तोकिएको छ।