एप्पलले अमेरिकी विद्युतीय गाडी कम्पनी ‘टेस्ला’ जस्तै मोडलको ‘एप्पल कार’ ल्याउने तयारी गरिरहेको छ।
एप्पल इन्साइडरका अनुसार एप्पलले आफ्ना उपकरणका लागि चिप्स बनाउने कम्पनी ‘ताइवान सेमिकन्डक्टर मानुफ्याक्चुरिङ कम्पनी’ (टिएमसीं) सँगको सहकार्यमा गाडी बनाउन लागेको हो।
कम्पनीको ‘प्रोजेक्ट टाइटन’ अन्तर्गत टिएमसीले सेल्फ ड्राइभिङ्ग गाडीको लागि टेक्नोलोजी विकास गरिरहेको एप्पल इन्साइडरले बताएको छ।
यसैको आधारमा एप्पलले आफ्नै ब्रान्डको गाडी पनि निमार्ण गर्न लागेको अनुमान गरिएको हो।
ताइवानको एक मिडिया अनुसार एप्पल र टिएमसी हाल सेल्फ ड्राइभिङ्ग चिप्स टेक्नोलोजीमा काम गरिरहेको छ। यी दुई कम्पनीले अमेरिकामा चाडैँ नै ‘एप्पल कार’को चिप्स उत्पादन गर्ने कारखाना पनि खोल्ने छ।
एप्पलका विश्लेषक मिङ ची कुओका अनुसार कम्पनीले सन् २०२३ र २०२५ को बिचसम्म ‘एप्पल कार’ सार्वजनिक गर्न सक्ने अनुमान छ।
एप्पलले आफ्नै गाडी बनाउन सुरु गरेको ‘प्रोजेक्ट टाइटन’ करिब एक वर्षदेखि अघि बढिरहेको छ।
तर, यस परियोजना बिचमा केही आन्तरिक समस्याको कारण रोकिएको थियो।
रिपोर्टका अनुसार एप्पलले अझै आफ्नै गाडी निमार्ण गर्ने वा अन्य गाडी उत्पादकहरुलाई सेल्फ ड्राइभिङ्ग प्रणाली निमार्ण गरिदिने बारे निर्णय गरिरहेको छ।