चिनियाँ स्मार्टफोन कम्पनी रियलमी करिब २ वर्ष अघि नेपाली बजारमा भित्रिएको हो। यो छोटो समयमै नेपाली बजारमा स्थापित भएको छ। आकर्षक डिजाइन र मूल्यको महत्व दिने ब्रान्ड भनेर रियलमीलाई चिनिन्छ।
रियलमीका १३ हजारदेखि ३६ हजारसम्मका फोन नेपाली बजारमा छन्।
यसले २०२० मा ७ स्मार्टफोन भित्र्याएको छ। अब यो वर्षमा नयाँ फोन भित्र्याउने बारे केही जानकारी नआएको कम्पनीका पब्लिक रिलेसन म्यानेजर डार्विन सुवालले जानकारी दिए।
‘भर्खरै हामीले एकैसाथ दुई स्मार्टफोन सार्वजनिक गरेका छौं, यस वर्षका लागि थप स्मार्टफोन ल्याउने जानकारी आएको छैन,’ उनले भने।
यदि तपाई सस्तो मूल्यमा महंगा फोनमा हुने फिचर्स भएको स्मार्टको खोजीमा हुनुहुन्छ भने रियलमी राम्रो विकल्प हुनसक्छ। यसले महंगा फोनमा समावेश हुने फिचर्स कम मूल्यका स्मार्टफोनमा दिएको छ।
कम्पनीले रियलमी–सी३, रियलमी–सी११, रियलमी–सी१२, रियलमी–सी१५, रियलमी–६, रियलमी–६आइ, रियलमी–७ र रियलमी–७आइ गरी ८ स्मार्टफोन एकवर्षको अवधिमा ल्याएको छ।
यी फोनको मुख्य विशेषता तल उल्लेख गरिएको छ।
रियलमी–सी३
- ६.२ इन्चको डिस्प्ले
- १३ र २ मेगापिक्सलको २ क्यामरा सुविधा।
- सेल्फीको लागि ५ एमपी सेन्सर क्यामरा
- ३जिबी र्याम ३२जिबी स्टोरेज
- ५ हजार एमएएच ब्याट्री
- मूल्य १६ हजार ९ सय ९० रूपैयाँ
रियलमी–सी११
- ६.५२ इञ्च डिस्प्ले
- पछाडि १३ र २ मेगापिक्सेलको दुई वटा
- अगाडि ५ मेगापिक्सलको सेल्फी
- ५ हजार एमएएच ब्याट्री
- २ जिबी/३२ जिबी क्षमता
- मूल्य १४ हजार ९ सय ९० तोकिएको छ।
रियलमी–सी१२
- ६.५ इन्च डिस्प्ले
- १३/२/२ मेगापिक्सलको तीन क्यामरा
- ५ एमपीको सेल्फी
- ६ हजार एमएएच ब्याट्री
- ३जिबी/३२जिबी स्टोरेज
- मूल्य १६ हजार ९ सय ९०
रियलमी–सी१५
- ६.५ इञ्च डिस्प्ले
- १३/८/२/२ मेगापिक्सलको चार क्यामरा
- ८एमपी सेल्फी
- ६ हजार एमएएच ब्याट्री
- ४जिबी/६४जिबी
- मूल्य १९ हजार ९ सय ९०
रियलमी–६आई र रियलमी–६
- ६.५ इन्च डिस्प्लेमा
- ४८ मेगापिक्सल वाइड, ८ अल्ट्रा वाइड, २ म्याक्रो र २ मेगापिक्सल डेप्थ क्यामरा
- सेल्फीको लागि १६ एमपी सेन्सर क्यामरा
- ५ हजार एमएएच क्षमताको ब्याट्री र ४३ सय एमएएच ब्याट्री
- रियमी–६आइ (४ जिबी/१२८ जिबी स्टोरेज)
- रियलमी–६ (८जिबी/१२८जिबी)
- मूल्य २५ हजार ९ सय ९० रूपैयाँ र ३२ हजार ९ सय ९०
‘रियलमी–७’ र ‘रियलमी–७आई’
- ६.५ इन्च एचडी प्लस अल्ट्रा स्मूथ डिस्प्ले
- ५ हजार एमएएच ब्याट्री
- ३० वाटको फास्ट चार्जिङ सुविधा
- फोनको लक खोल्न साइड-फिंगरप्रिन्ट सेन्सर
- ६४ एमपी मुख्य क्यामरा, ८ एमपी अल्ट्रा-वाइड एगंल, २ एमपी पाेट्रेट लेन्स र २ एमपी म्याक्रो लेन्स
- सेल्फी खिच्नका लागि १६ एमपीको लेन्स
- फोनमा ८ जिबी र्याम र १२८जिबी स्टोरज
- मूल्य ३५ हजार ९ सय ९० (रियलमी–७)
- २९ हजार ९ सय ९० (रियलमी–७आई)