ग्राहकको रोजाईमा परेको विभिन्न मोबाइल ब्राण्ड मध्ये एक हो भिभो।
भिभोले विशेषगरि क्यामेरा र साउण्डलाई प्राथमिकता दिएको छ। कम्पनीले सबै ग्राहकलाई लक्षित गरी सस्तो देखि महंगोसम्मका फोन बजारमा ल्याएको छ।
हामीले यहाँ ‘भिभो एस१’ को विशेषता बारे उल्लेख गरेका छौँ।
डिजाइनः
‘भिभो–एस१’मा म्याजिकल डिजाइन गरिएको छ। फोनमा ६.३८ इञ्च डिस्प्ले छ। जसबाट प्रयागकर्तालाई फिल्म हेर्न तथा गेम खेल्न मजा आउँछ।
फोनमा ६जिबी र्याम र १२८जिबी रोम स्टोरेज भएकाले प्रयोगकर्ताले आफ्ना सबै फाइल सहजै अटाउन सक्छन्। यसमा डिस्प्ले फिङ्गर प्रिन्ट विशेषता पनि छ।
फोन अनलकको लागि कम्पनीले एड्भान्स टेक्नोलोजी प्रयोग गरेको बताएको छ। डिस्प्लेमा थोरै स्पर्श गर्दा पनि सजिलै अनलक हुन्छ।
ब्याट्रीः
फोनमा ४५ सय एमएएच ब्याट्री क्षमताका साथै १८ वाटको फास्ट चार्जिङ सुविधा दिएको छ।
धेरै क्षमता ब्याट्री र फास्ट चार्जिङ सुविधाले प्रयोगकर्तालाई दैनिक फोन चार्ज गरिरहनु पर्दैन। उनीहरूले चाहेका सबै एप चलाउन सक्छन्। ब्याट्री सकिन्छ की भन्ने चिन्ता प्रयोगकर्तालाई हुँदैन।
क्यामराः
क्यामरा यसको मुख्य विशेषता हो। ग्राहकले यो फोनमा तीन क्यामरा पाउँछन्। जसमा १६ मेगापिक्सलका वाइड, ८ मेगापिक्स अल्ट्रा वाइड र २ मेगापिक्सलको डेप्थ क्यामरा छ।
त्यस्तै ३२ मेगापिक्सलको सुपर नाइट सेल्फी क्यामरा छ। जसको सहायताले कम्पनीले रातको समयमा वा अध्याँरो ठाउँमा पनि स्पष्ट फोटो खिच्न सक्छन्। सुपर नाइट सेल्फी प्रविधिले अध्याँरो ठाउँलाई उज्याँलो बनाउँछ
क्यामरामा भएको एआई फेस ब्युटी क्यामराले मानिसको सुन्दरतामा अझ निखारता ल्याउँछ।
मुल्यः
फोनको बजार मूल्य ३१ हजार ४ सय ९० तोकिएको छ।
- ६.३८ इञ्च डिस्प्ले
- १६/८/२ मेगापिक्सलको तीन क्यामरा
- ३२ मेगापिक्सल सेल्फी
- ४५ सय एमएएच ब्याट्री
- १८ वाटको फास्ट चार्जिङ सुविधा
- ६ जिबी र्याम र १२८ जिबी रोम क्षमता
- मूल्य ३१ हजार ४ सय ९० तोकिएको