चिनियाँ स्मार्टफोन कम्पनी रियलमी करिब २ वर्षअघि नेपाली बजारमा भित्रिएको हो। यो छोटो समयमै नेपाली बजारमा स्थापित भएको छ।
आकर्षक डिजाइन र मूल्यको महत्व दिने ब्रान्ड भनेर रियलमीलाई चिनिन्छ। रियलमीका १३ हजारदेखि ३६ हजारसम्मका फोन नेपाली बजारमा छन्।
यदि तपाई सस्तो मूल्यमा महंगा फोनमा हुने फिचर्स भएको स्मार्टफोनको खोजीमा हुनुहुन्छ भने रियलमी राम्रो विकल्प हुनसक्छ। यसले महंगा फोनमा समावेश हुने फिचर्स कम मूल्यका स्मार्टफोनमा दिएको छ।
यसले सन् २०२० मा ८ स्मार्टफोन भित्र्याएको छ। ती रियलमी–सी ३, रियलमी–सी ११, रियलमी–सी १२, रियलमी–सी १५, रियलमी–६, रियलमी–६ आइ, रियलमी–७ र रियलमी–७ आइ हुन्। त्यसमध्ये रियलमी–सी ३ को विशेषता तल उल्लेख गरिएको छ।
रियलमी–सी ३ सस्तो मूल्यमा गुणस्तरीय फिचर्स भएको फोन हो। यसमा कम्पनीले सस्तो मूल्यमा उत्कष्ट फिचर समावेश गरेको बताएको छ।
डिजाइनः
अहिलेको युवा पुस्तालाई लक्षित गरि फोन डिजाइन गरिएको छ। फोनमा ६/२ इञ्च डिस्प्ले छ। जसबाट प्रयागकर्तालाई फिल्म हेर्न तथा गेम खेल्न मजा आउँछ।
फोनमा ३ जिबी र्याम र ३२ जिबी रोम स्टोरेज भएकाले प्रयोगकर्ताले आफ्ना सबै फाइल सहजै अटाउन सक्छन्। यसमा फिङ्गर प्रिन्ट विशेषता पनि छ।
ब्याट्रीः
फोनमा ५ हजार एमएएच ब्याट्री क्षमता दिइएको छ। धेरै क्षमता ब्याट्रीले प्रयोगकर्तालाई दैनिक फोन चार्ज गरिरहनु पर्दैन। उनीहरूले चाहेका सबै एप चलाउन सक्छन्। ब्याट्री सकिन्छ की भन्ने चिन्ता प्रयोगकर्तालाई हुँदैन।
क्यामराः
क्यामरा यसको मुख्य विशेषता हो। ग्राहकले यो फोनमा दुई क्यामरा पाउँछन्। जसमा १६ मेगापिक्सल र २ मेगापिक्सलको दुई लेन्स छन्। त्यस्तै, ५ मेगापिक्सलको सेल्फी क्यामरा छ। क्यामरामा भएको एआई फेस ब्युटी क्यामराले मानिसको सुन्दरतामा अझ निखारता ल्याउँछ।
मूल्यः
फोनको बजार मूल्य १६ हजार ९ सय ९० रूपैयाँ तोकिएको छ।
- ६.२ इन्चको डिस्प्ले १३ र २ मेगापिक्सलको क्यामरा दुई क्यामरा
- सेल्फीको लागि ५ एमपी सेन्सर
- ३जिबी र्याम ३२जिबी स्टोरेज
- ५ हजार एमएएच ब्याट्री
- मूल्य १६ हजार ९ सय ९० रूपैयाँ