चिनियाँ मोबाइल कम्पनी पोकोको ‘पोको एक्स३’ नेपाली बजारमा आउने भएको छ। उक्त फोन डिसेम्बरको अन्त्यसम्म आइपुग्ने कम्पनीले बताएको छ।
लामोसमय सम्म मोबाइल चार्ज गर्न नभ्याउने ग्राहकलाई लक्षित गरि सो फोन बजारमा ल्याउन लागिएको हो।
फोनमा ५ हजार १ सय ६० एमएएच क्षमताको ब्याट्री रहेको छ। ६.६७ इञ्च डिस्प्ले भएको फोनमा ६४/१३/२/२ मेगापिक्सलको चार क्यामरा जडान गरिएको छ। त्यस्तै, २० मेगापिक्सलको सेल्फी क्यामरा छ।
कम्पनीले फोनमा ३३ वाटको फास्ट चार्जिङ सुविधा पनि दिएको बताएको छ।
कम्पनीले अहिले यसको मूल्य खुलाएको छैन तर फोन मिडरेञ्जमा उपलब्ध हुने बताएको छ।
यस अघि कम्पनीले नेपालमा ‘पोको–सी३’ र ‘पोको–एम२’ ल्याएका थियो।