ओपोले आगामी दिनमा ल्याउने माेबाइलको नयाँ डिजाइन सार्वजनिक गरेकाे छ।
चौथौ चाइना इन्टरनेशनल इन्ड्रष्ट्रियल डिजाइन एक्स्पो (सीआइआइडीइ)मा मानव केन्द्रित डिजाइन अवधारणामा आधारित विभिन्न नयाँ कन्सेप्चुअल डिजाइनहरु प्रदर्शन गरेको हाे।
यी कन्सेप्चुअल डिजाइनहरु जापनिज इन्ड्रष्ट्रियल डिजाइनिङ स्टुडियो नेन्डोसंगको सहकार्यमा निर्माण गरेको हो।
प्रदर्शनी अवधिभर ओपोले आफ्ना क्लासिक प्रडक्ट डिजाइनका सिरिजपनि प्रदर्शनीमा राखेको थियो। तीनले ओपोको शुरुवाती अवस्थादेखि अपानाइँदै आइरहेका डिजाइन प्रस्तुत गरेकाे थियाे।
चाइना इन्टरनेशनल इन्डष्ट्रियल डिजाइन एक्स्पो चीनमा औद्योगिक डिजाइनमा केन्द्रित राष्ट्रिय–स्तरको प्रदर्शनी हो।