२०२१ मा एप्पलले आइफोनको उत्पादन बढाउने भएको छ।
टेक हिन्दुस्तानका अनुसार एप्पलले नयाँ वर्षको पहिलो त्रैमासिक तिर आइफोनका उत्पादन तीस प्रतिशतले बढाउने योजना गरिरहेको हो।
कम्पनीले आफ्ना आपूर्तिकर्तालाई करिब ९ करोड ६० लाख वटा आइफोन उत्पादन गर्न आग्रह गरेको आर्थिक अखबार निककेइले बताएको छ।
यी उत्पादनमा आइफोन–१२ का चार नयाँ सिरिज, आइफोन–११ र आइफोन एसइका मोडल समावेश हुनेछ।
२०२१ को अन्तिमसम्म भने एप्पलले २३ करोड आइफोन उत्पादन गरिसक्ने एप्पलका आपूर्तिकर्ताले बताएका छन्। यस अन्तर्गत दुवै नयाँ र पुराना मोडल बन्ने छ।
सन् २०१९ को तुलनामा भने एप्पलले आइफोनको उत्पादनमा बनाएको यो लक्ष्य बीस प्रतिशतले मात्र बढेको हो।
कम्पनीले आफ्ना उपकरणको संख्या हरेक वर्ष बढाउने योजना गरेको छ। यो योजना नियमित जाँच भइरहने र उपभोक्ताको माग अनुसार परिवर्तन पनि हुने सक्ने रिर्पोटको भनाइ छ।
एप्पलले भने यसबारे आधिकारिक रुपमा केही बोलेको छैन।