चिनियाँ स्मार्टफोन कम्पनी भिभोले सन् २०२० मा ५ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ। कम्पनीले सो संख्याको ‘भि’ र ‘वाइ’ सिरिजका स्मार्टफोन ल्याएको हो।
ती भिभो–भि१९, भिभो–भि२०, भिभो–भि२० एसइ, भिभो–वाइ३० र भिभो भिभो–वाइ२० हुन्।
४ जिबी ६४ जिबी स्टोरेजको भिभो ‘वाइ२०’ पाइपलाइनको क्रममा रहेको कम्पनीकी पिआर एक्जुकेटिभ रिया अवालेले बताइन्।
‘अहिले हामीलेसँग ‘वाइ२०’ ३ जिबी/३२ जिबी स्टोरेजमा छ। अर्को संस्करण डिसेम्बरमा आउन पनि सक्छ नआउन पनि सक्छ,’ उनले भनिन्।
२०२० मा भित्रिएका फोन मध्ये भि सिरिजका स्मार्टफोन ग्राहकले बढी रूचाएको उनको भनाइ छ।
ती फोनको विशेषता बारे तल उल्लेख गरिएको छ।
भिभो–भि१९
- ६.४४ इञ्च डिस्प्ले
- ४८/८/२ मेगापिक्सलको तीन क्यामरा
- ३२ मेगापिक्सेलको सेल्फी
- ४५ सय एमएएच ब्याट्री
- १८ वाटको फास्ट चार्जिङ
- ८ जिबी र्याम र १२८ जिबी स्टोरेज
- मूल्य ४७ हजार ९ सय ९९ रूपैयाँ
भिभो–भि२०
- ६.४४ इञ्च डिस्प्ले
- ६४/८/२ मेगापिक्सलको तीन क्यामरा
- ४४ मेगापिक्सल सेल्फी
- ४ हजार एमएएच ब्याट्री
- ३ जिबी र्याम र ६४ जिबी स्टोरेज
- मूल्य २० हजार ९ सय ९०
भिभो– भि२० एसइ
- ६.४४ इञ्च डिस्प्ले
- ४१ सय एमएएच ब्याट्री
- ३३ वाट फास्ट चार्जिङ सुविधा
- ३० मिनेटमा ६२ प्रतिशत चार्ज हुने
- ४८/८/२ मेगापिक्सलको तीन क्यामरा
- ३२ मेगापिक्सलको सुपर नाइट सेल्फी
- ८ जिबी र्याम र १२८ जिबी स्टोरेज
- मूल्य ३९ हजार ९ सय ९९ रूपैयाँ
भिभो–वाइ३०
- ६.४७ इञ्च डिस्प्ले
- १३/८/२/२ मेगापिक्सल क्यामरा
- ८ मेगापिक्सल सेल्फी
- ५ हजार एमएएच ब्याट्री
- १० वाटको फास्ट चार्जिङ सुविधा
- ४ जिबी र्याम र ६४ जिबी स्टोरज
- मूल्य २४ हजार ९ सय ९९ रूपैयाँ
भिभो–वाइ२०
- ६.५१ इञ्च डिस्प्ले
- १३ र २ मेगापिक्सलको दुई क्यामेरा
- ८ मेगापिक्सल सेल्फी
- ५ हजार एमएएच ब्याट्री
- ३ जिबी र्याम र ३२ जिबी स्टोरेज
- मूल्य २० हजार ९ सय ९० रूपैयाँ
यी फोन क्यामरा र डिजाइनलाई बढी महत्व दिएकाले भिभोका फोन भिडियोग्राफी वा फोटोको सोख हुनेलाई उपयोगी हुने कम्पनीको भनाइ छ। युवापुस्ता, सेल्फी प्रेमी र नयाँ फोटोग्राफी ट्रेन्डलाई ध्यानमा राखी भिभोले फोन उत्पादन गर्दै आएको छ।