इसेवा मनी ट्रान्सफर र वायरबार्लेबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।
यो सम्झौतासँगै अमेरिका, क्यानाडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण कोरिया र हङकङमा रहेका नेपालीले वायरबार्लेबाट नगदमा वा बैंक खातामा र इसेवा वालेटमा सहजै रकम पठाउन सक्ने छन्।
नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्स्फरका नेपालभरका ८ हजार भन्दा धेरै एजेन्ट मार्फत रकम प्राप्त गर्न सकिन्छ।
यस्तै रकम सिधै इसेवा वालेटमा प्राप्त गर्न सकिन्छ भने बैंक खातामा पठाइएको रकम तत्कालै सेवाग्राहीको खातामा जम्मा हुन्छ।
वायरबार्ले एउटा फिनटेक स्टार्ट अप कम्पनी हो, जसले एसिया प्रशान्त क्षेत्रमा मोबाइल÷अनलाइन रेमिट्यान्स् सेवा प्रदान गर्दछ। वायरबार्ले अस्ट्रेलियाको पहिलो र अग्रणी कम्पनी हो।
यसको सेवा अस्ट्रेलिया, दक्षिण कोरिया, अमेरिका, क्यानाडा, न्युजिल्यान्ड र हङकङमा छ। यस कम्पनीले छिट्टै नै जापान, फिलिपिन्स लगायतका मुलुकमा सेवा विस्तार गर्दै छ।
इसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स् सेवा मार्फत नेपालमा सेवा प्रदान गर्दै आइरहेको छ।
इसेवा मनी ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नु आफुहरुको उद्देश्य रहेको कम्पनीका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए।