क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२१ को अवसरमा एनसेलले प्रिपेड ग्राहकका लागि ‘दामी क्यासब्याक’ योजना ल्याएको छ।
यो योजनाअनुसार ग्राहकले ५० र १ सय रुपैयाँको प्रत्येक रिचार्जमा पाउँदै आएकोभन्दा बढी मेन ब्यालेन्स पाउने कम्पनीले जनाएको छ।
यो योजना अन्तर्गत ५० रुपैयाँको रिचार्ज गर्ने प्रत्येक ग्राहकले कम्तिमा हाल पाइने ४९.०२ रुपैयाँ भन्दा बढी अर्थात ५१ रुपैयाँ मेन ब्यालेन्स प्राप्त गर्दछन्।
त्यसैगरी १ सय रुपैयाँको रिचार्जमा अब कम्तिमा विद्यमान ९८.०४ भन्दा बढी १०२ रुपैयाँ मेन ब्यालेन्स पाउँछन्।
यो योजना आइतबार (पुस ५) बाट लागू भएको र १५ दिनका लागि संचालनमा रहने एनसेलले जनाएको छ।
योजना अवधिमा ५० रुपैयाँको रिचार्ज गर्ने ग्राहकले अधिकतम १ सय रुपैयाँसम्म मेन ब्यालेन्स प्राप्त गर्न सक्ने र १ सयको रिचार्ज गर्नेले २ सयसम्म मेन ब्यालेन्स पाउने कम्पनीको भनाइ छ।
रिचार्ज कार्ड, भर्चुअल फण्ड ट्रान्सफर (भिइफटी) तथा अनलाइन जुनसुकै माध्यमबाट गरिएको ५० र १ सयको प्रत्येक रिचार्जमा यो थप मेन ब्यालेन्सको लाभ लिन सकिने एनसेलले जनाएको छ। यो योजना पुस १९ गते सम्म लागु हुनेछ।