चिनियाँ मोबाइल कम्पनी पोकोको ‘पोको एक्स३ एनएफसी’ स्मार्टफोन भर्खरै उपभोक्तामाझ आएको छ। मध्यम मूल्यमा फ्ल्यागसिप फिचर भएको स्मार्टफोन खोजिरहेका ग्राहकका लागि यो स्मार्टफोन उपयुक्त विकल्प हुने देखिन्छ।
विशेषगरि युवा पुस्तालाई मध्येनजर गरी तयार पारिएको यो फोनमा नयाँ प्रविधि जडान गरिएको शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले जानकारी दिए।
उनका अनुसार फोनमा ६.६७ इञ्चको डिस्प्ले छ। फोनमा एआइ चार क्यामरा छन्।
जसमा ६४ मेगापिक्सल वाइड, १३ मेगापिक्सल अल्ट्रा वाइड, २ मेगापिक्सल डेप्थ र २ मेगापिक्सल म्याक्रो। यसमा प्रयोग गरिएको लेन्सले गुणस्तरीय फोटो खिच्न सघाउँछ।
त्यस्तै, २० मेगापिक्सलको सेल्फी क्यामरा छ।
फोनमा ५ हजार १ सय ६० एमएएच क्षमताको ब्याट्री छ। साथै, ३३ वाटको फास्ट चार्जिङ सुविधा पनि दिएको छ। जसको सहायताले आधा घण्टामा ६२ प्रतिशत ब्याट्री चार्ज गर्न सघाउँछ।
लामोसमय सम्म मोबाइल चार्ज गर्न नभ्याउने ग्राहकलाई यो फोन राम्रो छ।
ग्राहकले यो फोन ६ जिबी र्याम र १२८ जिबी स्टोरेजमा पाउँछन्।
स्याडो ग्रे र कोबाल्ट ब्लू गरी फोन दुइ रङमा उपलब्ध छ। फोनको मूल्य ३१ हजार ९ सय ९९ रूपैयाँ छ। ग्राहकले यो अनलाइन बजार दराज र सस्तो डिलमा पाउँने कम्पनीले बताएको छ।
- ६.६७ इञ्चको डिस्प्ले
- ६४ मेगापिक्सल वाइड, १३ मेगापिक्सल अल्ट्रा वाइड, २ मेगापिक्सल डेप्थ र २ मेगापिक्सल म्याक्रो गरी चार क्यामरा
- २० मेगापिक्सलको सेल्फी
- ६ जिबी र्याम र १२८ जिबी स्टोरेज
- मूल्य ३१ हजार ९ सय ९९ रूपैयाँ
- अनलाइन बजार दराज र सस्तो डिलमा पाइने
यस अघि कम्पनीले नेपालमा ‘पोको–सी३’ र ‘पोको–एम२’ ल्याएका थियो। ती फोनकाे मुख्य विशेषताबारे तल उल्लेख गरिएको छ।
पोको–सी३
- ६.४३ इञ्च डिस्प्ले
- १३/२/२ मेगापिक्सलको तीन क्यामरा
- ५ मेगापिक्ल सेल्फी
- ५ हजार एमएएच ब्याट्री
- ४ जिबी र्याम ६४ जिबी स्टोरेज
- मूल्य १४ हजार ९ सय ९९ रूपैयाँ
पोको–एम२
- ६.५३ इञ्च डिस्प्ले
- १३/८/५/२ मेगापिक्सलको चार क्यामरा
- ८मेगापिक्सल सेल्फी
- ५ हजार एमएएच ब्याट्री
- ६ जिबी र्याम ६४ जिबी स्टोरेज
- मूल्य १८ हजार ९ सय ९९ रूपैयाँ