सामसङले अर्को वर्षको जनवरीसम्म ग्यालेक्सी एस–२१ स्मार्टफोन सँगै ग्यालेक्सी ‘बड–प्रो’ ल्याउने तयारी गरिरहेको टेक हिन्दुस्तानले बताएको छ।
‘सामसङ ग्यालेक्सी स्टोर’को पेजमा उल्लेख गरे अनुसार ग्यालेक्सी ‘बड–प्रो’ सिमी आकारको हुनेछ, जुन प्रयोगकर्ताको कानमा मज्जाले अडिन्छ।
यो इयरबडमा ‘स्पासियल अडियो’ नामक नयाँँ फिचर पनि हुनेछ।
यस फिचरले आवाज फिल्म हलमा झैँ स्पष्ट सुनिने टेक हिन्दुस्तानको भनाइ छ।
‘स्पासियल अडियो’ फिचर एप्पलको एयरपड प्रो र एयरपड प्रो म्याक्समा पनि रहेको छ। त्यसैले सामसङको नयाँ ग्यालेक्सी बड प्रो एप्पलको एयरपडको लागि प्रतिस्पर्धी हुनेछ।
एप्पलको एयरपडभन्दा फरक बनाउन सामसङले नयाँ ग्यालेक्सी बड प्रोमा ‘भोइस डिटेक्ट’को फिचर ल्याएको छ।
यो फिचरले प्रयोगकर्ता बोलेको बेला इयरबडको आवाज आफै कम गराउँछ, जसले गर्दा बाहिरी आवाज सुन्न सजिलो हुन्छ।
यस्तो फिचर सोनी कम्पनीले यसअघि नै आफ्नो इयरबड र हेडफोनमा समावेश गरिसकेको छ।
यो सँगै ग्यालेक्सी बड प्रोले मोबाइलमा आएको नोटिफिकेसन पढ्न सक्ने र नोइज क्यान्सेलेसन, अर्थात् बाहिरी आवाज हटाउन सक्ने छ। यसमा प्रयोगकर्ताले कस्टमाइजेबल टच कन्ट्रोलको फिचर पनि पाउने जानकारी दिइएको छ।
कान कम सुन्ने वा सुन्नलाई गाह्रो हुने प्रयोगकर्ताको लागि सामसङले सो नयाँ इयरबडमा आवाज मिलाउन सक्ने फिचर पनि थपेको छ। यो फिचरबाट प्रयोगकर्ताले आफूलाई सहज हुने गरी आवाज दुवै दायाँ र बायाँ पटि मिलाउन सक्ने छन्।
ग्यालेक्सी बड प्रो तीन रंगको साथ आउने बताइएको छ।
यो नयाँ इयरबडको मूल्य कति पर्ने भनेर हाल सम्म कुनै आधिकारिक जानकारी भने आएको छ।