भायनेटका ग्राहकले अब प्रतिमहिना ९९ रूपैयाँमा २५ वटा क्लासिक बलिउड सिनेमा हेर्न पाउने भएका छन्।
कम्पनीले आफ्ना ग्राहकको चाहनालाई मध्यनजर गर्दै उक्त अफर ल्याएको हो।
कम्पनीले भायटिभीमार्फत् अझ बढी मनोरञ्जन प्रदान गर्न बलिउड सिनेमा ‘शिमारु अन डिमान्ड’ समावेश गर्ने भएको छ।
भायनेट व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्युनिकेशन सोलुशन प्रदायक कम्पनी हो।
कम्पनीले आफ्ना आफ्ना ग्राहकहरुलाई बेला–बेलामा सेवा तथा अफरहरू दिँदै आएको छ।