चिनियाँ स्मार्टफोन कम्पनी वानप्लसले आफ्नो पहिलो स्मार्टघडी ल्याउने तयारी गरिरहेको छ।
द भर्जका अनुसार वानप्लसका सिइओ पिट लाउले अर्को वर्षसम्म स्मार्टघडी सार्वजनिक गर्ने बताएका हुन्। उनले ट्वीटर मार्फत् यो घोषणा गरेका थिए।
कम्पनीले यसअघि पनि स्मार्टघडी ल्याउने तयारी गरिरहेको थियो।
२०१६ मा वानप्लसले वेयर ओएस नामक स्मार्टघडीको डिजाइन समेत बनाएको थियो। तर, कम्पनीले त्यसको उत्पादनलाई अघि भने नबढाएको द भर्जले बताएको छ।
द वाल स्ट्रिट जर्नल सँगको एक अन्तर्वातामा सिइओ पिटले स्मार्टघडी डिजाइन गरिएको भएपनि त्यसको उत्पादनमा अझैँ ध्यान दिनु पर्ने भएकोले काम हतारमा नगरेको बताएका थिए।
अर्को वर्ष सार्वजनिक हुने भनिएको स्मार्टघडीको लागि भने कम्पनी पूर्ण तयारीमा रहेको देखिन्छ।
सो स्मार्टघडीमा कस्तो फिचर हुन्छ वा कहिले सार्वजनिक हुन्छ भन्ने बारे हालसम्म कुनै विस्तृत विवरण दिइएको छैन।
धेरैले २०२१ मार्चमा सार्वजनिक हुने वानप्लस–९ र वानप्लस–९ प्रो सँगै स्मार्ट घडी पनि आउने सक्ने अनुमान लगाएका छन्।