‘वनप्लस’ चिनियाँ मोबाइल ब्राण्ड मध्ये एक हो। यसले नेपाली बजारमा प्रवेश गरेको ३ वर्ष भयो। यो अवधिमा वनप्लसले सस्तोदेखि महंगो मूल्यका फोन बजारमा ल्याएको छ।
हाल वनप्सलको ‘वनप्लस ८’ र ‘वनप्लस ८प्रो’ बजारमा पाइन्छ। यी फोन कम्पनीको महंगा फोनअन्तर्गत पर्दछन्। त्यसमध्ये ‘वनप्लस ८प्रो’ को विशेषता बारे यहाँ उल्लेख गरिएको छ।
‘वनप्लस ८ प्रो’ फ्ल्यागसिप फोन हो। यसको मुख्य विशेषता भनेको डिस्प्ले हो।
कम्पनीले यसमा ६.७८ इञ्चको डिस्प्ले दिएको छ। ठूलो आकारको डिस्प्ले भएकाले प्रयागकर्ताले मुभी हेर्न, गेम खेल्न, तथा कार्यालयका काम सहजै गर्न सक्छन्।
फोनको सुरक्षाको लागि कम्पनीले फोनमा डिस्प्ले भित्रै फिंगरप्रिन्ट सुविधा दिएको छ। प्रयोगकर्ताले अनुहारको सहायताले पनि फोन अनलक गर्न सक्छन्।
- ६.७८ इञ्च डिस्प्ले
- ४८ मेगापिक्सल वाइड, ८ मेगापिक्सल टेलिफोटो, ४८ मेगापिक्सल अल्ट्रा वाइड, र ५ मेगापिक्सलको म्याक्रो क्यामरा
- सेल्फी १६ मेगापिक्सल
- ४५ सय १० एमएएच क्षमताको ब्याट्री
- ८ जिबी र्याम १२८ जिबी स्टोरेज र १२ जिबी र्याम २५६ जिबी स्टोरेज
- मूल्य क्रमशः १ लाख १० हजार र १ लाख २५ हजार रूपैयाँ
गुणस्तरीय फोटोका लागि फोनमा चार क्यामरा दिइएको छ। जसमा ४८ मेगापिक्सल वाइड, ८ मेगापिक्सल टेलिफोटो, ४८ मेगापिक्सल अल्ट्रा वाइड, र ५ मेगापिक्सलको म्याक्रो क्यामरा छन्।
साथै, सेल्फी १६ मेगापिक्सलको छ।
फोनमा भएको ४५ सय १० एमएएच क्षमताको ब्याट्रीले प्रयोगकर्तालाई पटक पटक फोन चार्ज गरिहन पर्दैन। ग्राहकले यो फोन दुई भेरियन्टमा पाउँछन्।
जसमा क्रमशः ८ जिबी र्याम १२८ जिबी स्टोरेज र १२ जिबी र्याम २५६ जिबी स्टोरेज क्षमता छन्। फोनको स्टोरेज धेरै भएकाले प्रयोगकर्ताले आफ्ना फाइल सहजै अटाउन सक्छन्।
फोनको बजार मूल्य क्रमशः १ लाख १० हजार र १ लाख २५ हजार रूपैयाँ तोकिएको छ।
ग्राहकले सोही फिचर्समा अलि कम मूल्यको फोन किन्न चाहेमा ‘वनप्लस–८’ पनि बजारमा छ। यसका विशेषता निम्न छन्।
मोडलः वनप्लस ८
- डिस्प्ले ६.५५ इञ्च
- ४८ मेगापिक्सल वाइड, १६ मेगापिक्सल अल्ट्रा वाइड र २ मेगापिक्सलको म्याक्रो क्यामरा
- सेल्फी १६ मेगापिक्सल
- ४३ सय एमएएच ब्याट्री क्षमता
- १२ जिबी र्याम र २५६ जिबी स्टोरेज
- मूल्य ९३ हजार रूपैयाँ