नेपाल टेलिकमले आइपिटिभी सेवा सञ्चालनमा ल्याउने भएको छ। आउँदो शुक्रबारदेखि टेलिकमले एनटिभी ब्रान्डमा फाइबर टू दी होम (एफटिटिएच) मार्फत यो सेवा सञ्चालनमा ल्याउने भएको हो।
हाल एफटिटिएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा दिइरहेकोमा अब आइपी टिभी सेवा पनि थप गर्न लागेको हो।
कम्पनीको एनटिटिभी सेवाका लागि एफटिटिएच नेटवर्कको पहुँच अपरिहार्य रहेकाले तत्कालका लागि यो सेवा काठमाडौंको सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी, गोंगबु, पाटन, हात्तिर्गौडा, जोरपाटी, किर्तिपुर, सैबु, लुभु, नक्सालमा दिइने बताइएको छ। उपत्यका बाहिर बनेपामा एफटिटिएच नेटवर्क पुगिसकेका र प्राविधिक रुपमा एफएच वितरण गर्न सकिने स्थानहरुमा यो सेवा दिने कम्पनीको भनाइ छ।
अहिले कम्पनीको एफटिटिएच सेवामार्फत भ्वाइस सेवा वा डाटा सेवा वा दुवै सेवा प्रयोग गरिरहेका एनटी टिभी सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गर्नुपर्छ।
एनटी टिभी सेवा प्रयोग गर्न ग्राहकले कम्पनीबाट एसटिबी (सेट टप बक्स) किन्नुपर्छ। ग्राहकले प्रयोग गरिरहेको ट्रेडिस्नल टिभी सेट र आधुनिक डिजिटल टिभी सेटमा एनटी टिभी हेर्न सकिन्छ।
विभिन्न राष्ट्रिय टिभी च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटी टिभि सेवा कम्पनीले विभिन्न प्याकेजमा वितरण गर्ने हुनाले ग्राहकले आफ्नो आवश्यकता अनुसारको प्याकेज छनौट गरी सेवा लिन सकिन्छ।
प्याकेज तथा दररेट सम्बन्धि जानकारी कम्पनीको वेवसाइट तथा अन्य माध्यमहरुबाट सार्वजनिक गर्ने तयारी भइरहेको छ।