चिनियाँ स्मार्टफोन कम्पनी रियलमी एक बर्षको अवधिमा नेपाली बजारमा स्थापित हुन सफल भएको छ। आकर्षक डिजाइन र मूल्यको महत्व दिने ब्रान्ड भनेर रियलमीलाई चिनिन्छ।
रियलमीले सस्तादेखि महंगा मूल्यका फोन बजारमा ल्याएको छ। यदि तपाई उत्कृष्ट स्मार्टफोनको खोजी गर्दै हुनुहुन्छ भने, रियलमी राम्रो विकल्प हुनसक्छ।
‘रियलमी–७’ र ‘रियलमी–७आई’
रियलमीको पछिल्लो उत्पादन ‘रियलमी–७ र रियलमी–७आई’ केही समय अघि नेपाली बजारमा आएको हो।
यसमा ६.५ इन्च एपएचडी प्लस अल्ट्रा स्मूथ डिस्प्ले छ। डिस्प्लेको आकार ठूलो भएकाले प्रयोगकर्तालाई फोनमा गेम खेल्न, मुभी हेर्न सहज हुन्छ।
५ हजार एमएएच ब्याट्री क्षमता सहित ३० वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ। रियलमीले यी दुवै फोनमा सोनीको लेन्स प्रयोग गरेको बताएको छ।
फोनको लक खोल्न साइड—फिंगरप्रिन्ट सेन्सर छ। फोनमा ८ जिबी र्याम र १२८ जिबी स्टोरेज भएकाले ग्राहकले धेरै फाइल अटाउँन सक्छन्।
नयाँ फ्ल्यागसिप, अल्ट्रा—क्लियर क्वाड—क्यामेरा सेट—अप गरिएको यी फोनमा ६४ एमपी मुख्य क्यामरा, ८ एमपी अल्ट्रा—वाइड एगंल, २ एमपी पार्टेट लेन्स र २ एमपी म्याक्रो लेन्स छ। त्यस्तै, सेल्फी खिच्नका लागि १६ एमपीको लेन्स छ।
यदि मध्यम मूल्यमा महंगो फोनमा हुने फिचर्स भएको फोन खोज्दै हुनुहुन्छ भने यी दुई बाहेक ‘रियलमी–६’ र ‘रियलमी–६आई’ पनि विकल्पमा छन्। यी फोन कम्पनीले केही महिनायता सार्वजनिक गरेको हो।
‘रियलमी–६ र रियलमी ६ आई’
यी दुई फोनमा ग्राहकले ६.५ इन्च डिस्प्ले पाउने छन्। यसमा चार वटा क्यामरा छ। जसमा ४८ मेगापिक्सेल वाइड, ८ अल्ट्रा वाइड, २ म्याक्रो र २ मेगापिक्सेलको डेप्थ लेन्स छ। सेल्फीको लागि १६ एमपी सेन्सर क्यामरा छ।
‘रियलमी–६’ ८जिबी र्याम र १२८ जिबी स्टोरेजमा छ। यसमा ४३ सय एमएएच क्षमताको ब्याट्री दिएको छ। फोनको मूल्य ३२ हजार ९ सय ९० रूपैयाँ छ।
‘रियलमी–६आइ’ ४ जिबी र्याम र १२८ जिबी स्टोरेजमा किन्न पाउँछन्। यसमा ५ हजार एमएएच क्षमताको ब्याट्री भएको फोनको मूल्य २५ हजार ९ सय ९० रूपैयाँ छ।