शाओमी नेपालले ३ सिरिजका फोन नेपाली बजारमा ल्याएको छ। ती हुन्ः एमआई, पोको र रेड्मी। तिनै सिरिजका फोनहरू ग्राहकले मनपराएको कम्पनीका डिजिटल मार्केटिङ हेड जीवन तामाङ बताउँछन्।
रेड्मी सिरिजको लेटेस्ट स्मार्टफोन ‘रेड्मी–९सी’ अहिले बजारमा चर्चामा छ। यो केही साता अघि नेपाली बजारमा आएको हो। महङ्गा फ्ल्यागसिप फोनमा प्रयोग हुने केही प्रविधि यस फोनमा जडानगरिएको मार्केटिङ हेड तामाङले जानकारी दिए।
मोबाइलको महत्वपूर्ण पार्ट डिस्प्ले, क्यामरा, स्टोरेज र ब्याट्री नै हो। यी सबै उत्कृष्ट प्रविधिहरू यस स्मार्टफोनमा जडान गरिएको छ।
फोनको मुख्य विशेषताः
- १३ एमपी मुख्य क्यामरा, २ एमपी डेप्थ सेन्सर, २ एमपी म्याक्रो क्यामेरा र एलईडी फ्ल्याश
- ६.५३ इन्च डट ड्रप डिस्प्ले
- ५००० एमएएच क्षमताको ब्याट्री
- ५ एमपी सेन्सर एआई सेल्फी क्यामरा
- २ जिबी+३२ जिबी (१२,९९९) र ३ जिबी+६४ जिबी (१४,९९९)
- रङः सनराइज ओरेन्ज, ट्वीलाइट ब्लु र मिडनाइट ग्रे
फोनमा दुई सिमकार्ड एकै साथ प्रयोग गर्न सकिने गरी हाइब्रिड सिम स्लट राखिएको छ।
यसमा कर्निङ गोरिल्ला ग्लास ५ प्रयोग गरिएको छ। जसले फोन स्क्र्याच र सहजै फुट्नबाट बचाउँछ। फोनमा प्रयोग गरिएएको वाटर रेसिस्ट्यान्सले फोनलाई पानीबाट बचाउन सघाउँछ।
यस स्मार्टफोनमा आकर्षक सेल्फी, गेम, डिजाइन र भिडियो एकदमै राम्रो छ। योे फोन सोआमीको इन्ट्री लेबल फोन अन्तर्गत पर्दछ।
फोनको पछाडि टेक्सचर डिजाइन गरिएकाे छ जसले फोनमा औंलाको छाप बस्न दिँदैन। एआई फेश अनलककाे सहायताले फोनकाे लक खुल्ने भएकाले सहजै अरूले फोन चलाउन सक्दैनन्।
रेड्मीका सस्तो मूल्यका अन्य फोन पनि खोज्दै हुनुहुन्छ भने यी फोन विकल्प हुन सक्छ।
रेड्मी सिरिज अन्तर्गत रेड्मी गो, रेड्मी७ए, रेड्मी७, रेड्मी वाइ३, र रेड्मी नोट७ को मूल्य २० हजारभन्दा कम छ।