काठमाडौं, पुष २५
एनसेल कम्पनी अजियाटाले ‘एनसेल अडियो क्लास’ सुरु गरेको छ। जसअन्तर्गत एनसेलको सिम भएका विद्यार्थीले आवश्यकता अनुसार विभिन्न विषयहरु अडियो मार्फत पढ्न सक्ने छन्।
विद्यार्थीले मोबाइल मार्फत पाठ्यक्रममा आधारित पाठहरु मोबाइलबाटै सुन्दै सिक्न सक्ने कम्पनीको भनाइ छ।
इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आइभीआर)मा आधारित यो सेवा कम्पनीले आफ्नो ‘अनपज’ अभियान अन्तर्गत ल्याएको हो।
यो अभियानले हालको विषम् परिस्थितीमा भविष्यको पुर्नविचार गरेर अघि बढ्न अभिप्रेरित गर्ने उद्देश्य लिएको छ।
पाठ्यक्रममा आधारित शैक्षिक सामग्री मोबाइल नेटवर्क मार्फत फोनकै प्रयोग गरी आइभीआरबाट सिक्न सकिने सकिन्छ।
यो सेवाले ग्राहक तथा विद्यार्थीहरुलाई शिक्षाको लागि विषेश महत्व राख्ने र विविध अवरोधका वाबजुत सजिलै सिक्न मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ ।
पहिलो चरणमा अडियो क्लास सेवामा कक्षा १ देखि कक्षा ४ सम्मको पाठ्यक्रमहरु उपलब्ध छन्। कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई ध्यानमा राखेर चरणबद्घ रुपमा अरु कक्षाहरुको लागि थप पाठ्यक्रमहरु समावेश गरिने कम्पनीले बताएको छ।
‘अनपज’ अभियान अन्तर्गत एक नविन सेवा
कक्षा १ देखि ४ सम्मका विद्यार्थीले कुनै पनि समय जहाँ भएपनि मोबाइलबाटै सिक्न सक्ने
अंग्रेजी, गणित, विज्ञान, सामाजिक शिक्षा लगायतका विषयहरु उपलब्ध
प्रत्येक नयाँ प्रयोगकर्ताका लागि एक हप्तासम्म निःशुल्क सेवा
३ दिन र ७ दिनको प्याक उपलब्ध
विद्यार्थीले एनसेल नेटवर्क कभरेज भएको कुनै पनि स्थानबाट विभिन्न विषयहरु जस्तै अंग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षाका सामाग्री तथा पाठहरुमा सहजै पहुँच प्राप्त गर्न सक्छन्।
ग्राहकले १७१४४ डायल गरी प्राप्त निर्देशन अनुरुप अडियो क्लास सेवा सुचारु गर्न सक्छन्। इच्छुक ग्राहकले अडियो क्लास सेवाका प्याकहरु एसएमएस, युएसएसडी तथा वेब च्यानल मार्फत पनि सुरु गर्न सक्ने कम्पनीको भनाइ छ।
अडियो क्लासको लागि हाल ३ दिनको र ७ दिनको गरी दुई वटा विकल्पहरु रहेका छन्।
३ दिनको प्याकमा विद्यार्थीले कर सहित मात्र ७ रुपैयाँमा ५० मिनेटको अडियो क्लासको सेवा लिन सक्छन्। त्यस्तै ग्राहकले ७ दिनको प्याकमा कर सहित मात्र १४ मा १०० मिनेटको अडियो क्लासको सेवाबाट फाइदा लिन सक्छन्।
कुनै अडियो प्याक अन्तर्गतको निश्चित मिनेट सकिएमा ग्राहकले ५० मिनेटको थप अडियो क्लासको सेवा ७ रुपैयाँमा फेरी किन्न सक्छन्।
यस सेवा सुचारु गरिएको पहिलो ५ महिना सम्म अडियो क्लासको प्रत्येक नयाँ ग्राहकले एक हप्ताको लागि यो सेवा निःशुल्क प्रयोग गर्न सक्छन्।