भिभोले तीन सिरिजका फोन नेपाली बजारमा ल्याएको छ। ती हुन् वाई, भी र एस।
यी तीनै सिरिजका फोन ग्राहकले मनपराएका छन्। यहाँ एस सिरिजअन्तर्गत ‘एस वन’ को फिचर्सबारे उल्लेख गरिएको छ। उक्त फोन केही महिनायता नेपाली बजारमा भित्रिएको हो।
‘एसवन’ मिड रेञ्चमा फ्ल्यागसिप स्मार्टफोन भएको भिभोका प्रोडक्ट टे्र्नी नेलशन बुर्लाकोटी बताउँछन्। उनका अनुसार महंगा स्मार्टफोनमा हुने आधुनिक प्रविधि यस फोनमा समावेश गरिएको छ।
उक्त फोन फेसनेवल ग्राहकलाई लक्षित गरी ल्याइएको हो। यस फोनको पछाडि भागमा ग्रेडियन डाइमन प्यार्टन प्रयोग गरिएको छ। जसले दुईवटा कलरमा पाउने छन्।
यसमा प्रयोग गरिएका कलर सजिलै ग्राहकको आँखामा पर्ने प्रोडक्ट ट्रेनी नेलशनले जानकारी दिए। जुन कलर युवायुवती दुवैलाई सुहाँउदो हुने छ। अगाडि क्यामरामा अहिले सम्मकै धेरै मेगापिक्सल भएको लेन्स जडान गरिएको छ। पछाडी ट्रीपल क्यामरा प्रयोग गरिएको छ।
यसमा मूख्य क्यामरामा सोनीको सेन्सर प्रयोग गरिएकाले उत्कृष्ट फोटो आउने कम्पनीले जानकारी दिएको छ।
‘एस वन’मा अत्याधुनिक प्रविधि प्रयोग गरिएकाले समय र मिति हेर्न प्रयोगकर्ताले पावर वटन थिचिरहनु पर्दैन। कम्पनीका अनुसार यस स्मार्टफोनमा लेटेस्ट २०१९ मा आएको पि ६५ प्रोसेर प्रयोग गरिएको छ।
भिभोले भित्र्याएको नयाँ स्मार्टफोनमा थप विशेषता के–के छन् त?
सिरिजः एस
मोडलः एसवन
डिस्प्लेः ६३८ इञ्च सुपर एमोलोइड डिस्प्ले०
कलरः स्काइलाइन ब्लु र डाइमन ब्ल्याक
फ्रन्ट क्यामराः ३२ मेगापिक्सल
ब्याक क्यामराः ८/१६/२ मेगापिक्सल
मूख्य क्यामरामा सोनिको सेन्सर प्रयोग गरिएको
ब्याट्रीः ४ हजार ५ सय एमएएच
डबल इन्जिनको फास्ट चार्जिङ टेक्नोलोजी
सब ग्रेडिङ सिस्टम
र्यामः ६ जिबी
स्टोरेजः १२८ जिबी
प्रोसेसरः २०१९ को लेटेस्ट प्रोसेसर मिडिया टेकको पि ६५
पब्जी लभर्सका लागि २ वटा एक्स्ट्रा अर्डिनरि फिर्चस समावेश
मूल्यः ३५ हजार
फोन सेक्युरिटीः इन डिस्प्ले फिङ्गर प्रिन्ट स्क्यानिङ
२०१७ नोभेम्बर २३ देखि भिभोले नेपालमा आफ्नो उत्पादन ल्याएको हो। मोबाइलमा क्यामरा र म्युजिकलाई जोड दिने कम्पनीको प्रतिबद्धता छ। यो कम्पनी नेपालमा भित्रिएको करिब डेढ वर्ष जति भयो। यसका ‘वाई’ र ‘भि’ सिरिजका फोन बजारमा छन्।
कम्पनीका अनुसार ‘वाई’ सिरिज सस्तो फोन अन्तर्गत पर्दछ भने ‘भी’ सिरिज महङ्गो फोन अन्तर्गत पर्दछ। ‘वाई’ सिरिज अन्तर्गत वाई९०, वाई ९१ सी, वाई ९३, वाई १५, वाई १७ र ‘भि’ सिरिज अन्तर्गत भि१५ र भि१५ प्रो रहेको छ।
ग्राहकका चाहना बमोजिम एस सिरिजका अन्य मोडल थप्दै जाने कम्पनीले जानकारी दिएको छ।