एनसेलले ‘फास्ट फरवार्ड लाइफ’अभियान सुरु गरेको छ।
सोमबार एक सर्ट फिल्म आफ्नो सामाजिक सञ्जाल पेजमार्फत सार्वजनिक गरेर एनसेलले यो अभियान सुरु गरेको हो।
एनसेलले यो अभियान आफ्नो ब्रान्ड सार ‘आज, भोलि सधै सँगै’अनुरुप सञ्चालन गरेको बताएको छ।
जसमा कसरी डिजिटल पावर अर्थात सेवा/सुविधाले जीवनयापन सहज बनाउन सकिन्छ भनेर देखाइएको छ।