दक्षिण कोरियाली कम्पनी सामसङले केही महिनायता फ्ल्यागसिप उत्पादन अन्तर्गत ‘ग्यालेक्सी–नोट२०’ र ‘ग्यालेक्सी–नोट२० अल्ट्रा’ गरी दुई फोन बजारमा ल्याएको छ।
यी फोनको मुख्य विशेषता भनेको डिस्प्ले हो। कम्पनीले यसमा ६.९ इञ्चको डिस्प्ले दिएको छ। ठूलो आकारको डिस्प्ले भएकाले प्रयोगकर्ताले फोनको सहायताले धेरै काम गर्न सक्छन्।
नोट२० सिरिजका फोनमा कम्पनीले कम्प्युटरको जस्तै कार्य गर्ने फिचर राखेको विजनेश हेड प्रणय स्थापितले जानकारी दिए। उनकाअनुसार फोनको सहायतबाट प्रयोगकर्ताले आफ्ना काम माेबाइलबाटै गर्न सक्दछन्। कम्प्युटरको आवश्यकता पर्दैन। यसमा प्रयोगकर्ताले चाहेअनुरूपको गेम पनि खेल्न सक्छन्।
फोनले फोटो खिच्न, एडिट गर्न र आफ्ना आइडीयाहरुलाई शेयर गर्न सहयोग गर्दछ। सामसङ नोट एपहरुमा अटो सेभ क्षमता पनि छन्। यसमा प्रयोगकर्ताले हातले लेखेको लेखाइलाई आकर्षक अक्षरहरुमा बदल्दिन्छ।
साथै पिडिएफमा भएका विषय वस्तुहरुलाई सहजै हाइलाइट गर्न पनि सकिन्छ। सबै विषय वस्तुहरुलाई व्यवस्थित रुपमा फोल्डरहरुमा सुरक्षित राख्न सकिन्छ।
मोबाइलमा विन्डोज १० युक्त कम्प्युटरबाटै म्यासेज पठाउन, नोटिफिकेशनहरुको म्यानेज गर्न, फोटोहरु सिङ्क गर्न, फोन गर्न र आएको फोन उठाउन सकिन्छ।
आफूलाई मन परेको एपलाई कम्प्युटरको टास्कबार वा स्टार्ट मेन्युमा राख्न सकिन्छ, यसले गर्दा आफ्नो फोनमा आफूलाई मनपर्ने सोसियल नेटवर्किङ्ग एप वा ग्यालेरी खोजी राख्नु पर्दैन।
यी फोनहरुलाई स्मार्ट टिभीमा सहजै कनेक्ट गर्न सकिन्छ। यसरी कनेक्ट गरेर ठूलो स्क्रिनमा आफूलाई मनपरेको विषयवस्तु हेर्न वा खेल्न सकिन्छ।
साथै दुईवटा स्क्रिनलाई व्यवस्थित रुपमा सञ्चालन गरी एकैपटक स्मार्ट टिभीमा भिडियो हेर्न र सँगै साथीलाई म्यासेज पठाउन पनि सकिन्छ।
दुवै फोन नयाँ आकर्षक रंगमा उपलब्ध रहेका छन्,– सफ्ट नेच्युरल टोन जसले नयाँ ट्रेन्ड, टेक्स्चर हेज इफेक्टलाई कट डाउन गरी फिङ्गरप्रिन्ट छापहरुबाट फोनलाई जोगाउँदछ।
ग्यालेक्सी–नोट२० माइस्टिक ब्रोन्ज, ग्रे र ग्रीनमा उपलब्ध छ भने नोट२० अल्ट्रा माइस्टिक ब्रोन्ज र ब्ल्याकमा छ। फोनमा तीन क्यामरा छन्। जसमा १०८ एमपी वाइड, १२ एमपी टेलिफोटो र १२ एमपी अल्ट्रा वाइड लेन्स छ। त्यस्तै, सेल्फी १० एमपी छ।
४५ सय एमएएच ब्याट्री क्षमता रहेको फोनमा २५ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ। यसमा ३० मिनेटमा ५० प्रतिशत ब्याट्री चार्ज गर्न सकिन्छ। कम्पनीले यसमा १ वर्षको बीमा सुविधा पनि दिएको छ।
ग्यालेक्सी नोट२० १ लाख ९ हजार ९ सय ९९ र नोट२० अल्ट्रा १ लाख ३९ हजार ९ सय ९९ रूपैयाँ छ।